So no need to bathe daily


औषतमा हेर्ने हो भने, हरेक ५ नेपाली नागरिकहरूमा १ जनाको दिनदिनै नुहाउने बानी हुन्छ। फेरि स्वस्थ रहनको लागि दिनहुँ नुहाउनै पर्ने धारणा अधिकांशको दिमागमा पसिसकेको छ।

तर, दिनदिनै नहुाउनु आवश्यक छैन। कारणहरू यस्ता छन्ः

१. तपाईँ सोँचेजति फोहोरी हुनुहुन्न

धेरै मात्रामा शारीरिक काम गर्ने, गर्मी भू-भागमा बस्ने अनि धेरै पसिना आउने व्यक्तिको लागि दिनदिनै नुहाउनु उचित हुन्छ। तर, यदि तपाईँको धेरै पसिना आउँदैन भने, दुई-तीन दिनमा एक पटक नुहाउनु पनि उपयुक्त हुन्छ।

२. छाला सुक्खा हुने, चिलाउने अनि पातलो हुने हुन्छ

शरीरको सबैभन्दा ठूलो अङ्ग, छालाले तपाईँको शरीरको सुरक्षाको लागि महत्वपूर्ण भूमीका खेलेको हुन्छ। साथै छालाले शरीरको आन्तरिक प्रक्रियाहरूको बाँधको रूपमा पनि काम गरेको हुन्छ। त्यसैले विशेष गरी जाडोको मौसममा, धेरै नुहाउँदा छालाको सुरक्षा गर्ने शक्तिमा ह्रास हुन जान्छ र विभिन्न किसिमका समस्याहरूबाट छाला आफै असुरक्षित हुन्छ।

जाडो मौसममा अधिकांशले तातो पानीले नुहाउने गर्छन्। तर तातो पानी र साबुनको मिश्रणले छालाको बाहिरी पत्र (लिपिड)लाई घुलाउँदछ अनि त्यसमाथि छालालाई माड्ने क्रममा झन् त्यो बाहिरी पत्र झन् बढि खिइँदै जान्छ। त्यसैले जति धेरै नुहायो, यसको ह्रास हुने प्रक्रिया त्यति नै बढ्दै जान्छ र छालाको प्राकृतिक तेल उत्पादन क्षमतामा बिस्तारै कमि हुँदै जान्छ।

अनि नुहाएपछि शरीर कस्तो कसिलो भएको महशुस हुन्छ नि? खासमा, सफा भएर त्यस्तो महशुस भएको होइन। यसले तपाईँको छाला सुक्खा भएको जनाउँदछ।

३. तौलियाले पुछ्दा छालालाई असर गर्दछ

नुहाइसकेपछि, धेरैले शरीरको पानीलाई तौलियाले मज्जाले पुछ्ने गर्छन्, जसले गर्दा नाजुक छालामा झन् बढि असर पर्न जान्छ। सकेसम्म त्यसलाई त्यत्तिकै सुक्न दिनुपर्छ। तर यदि तपाईँलाई हतार छ अथवा शरीरलाई त्यत्तिकै चिसो राख्न चाहनुहुन्न भने, नरम तौलियाले रगड्नुको सट्टा थपक्क पुछ्नुपर्छ।
४. दुर्गन्धित भागलाई मात्रै धोए पुग्छ

यदि तपाईँलाई दिनदिनै नुहाउने बानी नै छ र ननुहाइ बस्न सक्नुहुन्न भने, शरीरका केहि भागहरू मात्रै सफा गर्नुहोस्। जस्तै; काखी, घाँटी, खुट्टा अनि गुप्ताङ्ग।

५. नुहाउँदा शरीरमा भएका फाइदाकारी ब्याक्टेरियाको नष्ट हुन्छ

 हाम्रो शरीरमा ब्याक्टेरियाहरूको विशाल समाज नै छ। तर, सबै ब्याक्टेरियाहरू नराम्रा हुँदैनन्। कुनै-कुनै ब्याक्टेरियाहरू त हाम्रो स्वास्थ्यको लागि नभई हुँदैन। यस्तै राम्रा ब्याक्टेरियाहरू हाम्रो छालामा पनि हुन्छन्। अनि दिनहुँ नुहाउँदा त्यस्ता राम्रा ब्याक्टेरियाहरू नष्ट हुन्छन् अनि अप्रत्यक्ष रूपमा हामीलाई बेफाइदा भैरहेको हुन्छ।

६. कपाल फुस्रो हुन्छ

स्वस्थ कपाललाई त दिनदिनै धोएपनि केहि हुँदैन। तर, अति नै बाक्लो, फुस्रो, घुम्रेको कपाललाई दिनदिनै धुँदा टुक्रिने अनि अझ बढि फुस्रो हुने डर हुन्छ। त्यसमाथि स्याम्पूले कपालको चिल्लोपनालाई सोस्दछ। अनि दिनदिनै नहुाउँदा कपालको चिल्लोपना यानिकी सिल्कीपनामा ह्रास हुन जान्छ, जसले गर्दा कपाल झर्ने, चायाँ पर्ने अनि टुक्रिने हुन्छ।
७. मूख्यतः पानीको बचत हुन्छ

नुहाउँदा कति लिटर पानी खर्च हुन्छ, याद गर्नुभएको छ? कसलाई याद गर्ने फुर्सद हुन्छ र? साधारणतयाः एक व्यक्तिले एक चोटि नुहाउँदा ७० लिटर पानी खर्च हुन्छ। अब विचार गर्नुहोस्, दिनदिनै ७० लिटर पानी खर्च गर्नुभयो भने वर्षमा लगभग २५,५५० लिटर पानी खर्च हुन्छ। '
स्वस्थ रहने थुप्रै उपायहरू छन्। यदि तपाईँको भित्री शरीर नै अस्वस्थ छ भने दिनदिनै नुहाउँदैमा पक्कै पनि स्वस्थ बन्नुहुन्न। नियमित नुहाउँने हो भने पनि साबुनको प्रयोग कम गर्नुस्। सन्तुलित खाना र शारिरीक कसरत नभुल्नुहोस्।
Previous
Next Post »