त्रिभुवन विमानस्थलका निमित्त महाप्रवन्धक सुधीरकुमार चौधरीका अनुसार ५ बजेर १५ मिनेटमा फिस्टेलकै अर्को हेलिकप्टरबाट सबै शव पोष्टमार्टमकालागी ल्याइएको हो । फिलिमबाट १२ बजेपछि काठमाडौंका लागि उडेको उक्त हेलिकप्टरमा चालकसहित ७ जना थिए ।
सुत्केरी महिलाको उद्धारका लागी त्यहाँ गएको यो हेलिकप्टरले १२ बजेर ३१ मिनेटमा टावरसँग अन्तिम संवाद गरेको थियो । अन्तिम सम्पर्क टुटेको करिब १ घन्टापछी काठमाडौंबाट गएको फिस्टेलकै हेलिकप्टरले दुर्घटनास्थल पहिचान गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई जानकारी दिएको त्यहाँको खोज तथा उद्धार केन्द्रले जनाएको छ ।
ConversionConversion EmoticonEmoticon