The ruling two-party meeting at 4 pm


२४ साउन, काठमाडौं ।

मधेशवादी दलहरुको माग सहित राज्य पुनर्संरचना कसरी गर्ने भन्ने विषयमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आज छलफल हुने भएको छ ।

मोर्चाले यसबारे सोचेकोसम्म पनि छैन: महतो

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा अपरान्ह ४ बजे बस्ने दुई दलका शिर्ष नेताहरुको बैठकले राज्यपुर्नसरचनाका बिषयमा साझा धारणा बनाउन पहल गर्ने नेताहरुले जानकारी दिएका छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवा समेत सहभागी हुने तय भएको छ ।

वालुवाटारमा प्रचण्ड, वालकोटमा ओली रणनीति !

मधेशीहरुको माग संवोधनबारे थप छलफल र मन्त्रीपरिषद विस्तारबारे विस्तृत छलफल गर्न भन्दै प्रचण्डले प्रमुख सत्ता साझेदारको बैठक बोलाएका हुन् ।

२ दलबीच मन्त्रीपरिषदमा थप मन्त्रीहरुलाई सपथ गराउने विषयमा पनि छलफल हुने बुझिएको छ ।
Previous
Next Post »