![]() |
आज मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उनीहरूले महाङ्काल, इचोक, हेलम्बु, किउल, पाल्चोक, बाँसखर्क र बरुवाको सातवटा वडा समेटेर पाल्चोकी माई गाउँपालिका, भोताङ, थाङ्पालधाप, थाङ्पालकोट, गुन्सा, भोटेनाम्लाङ, लाँगर्चे र बरुवाको दुईवटा वडा समेटेर अर्को एक गाउँपालिका बनाउन सुझाव दिएको स्थानीय विकास अधिकारी कृष्णबहादुर साहीले बताउनु भयो ।
त्यसैगरी हाल भइरहेको मेलम्ची नगरपालिकामा थप चारवटा भोटेचौर, हैबुङ, थकनी र दुवाचौर गाविस मिलाएर मेलम्ची नगरपालिका बनाउन सुझाव दिइएको छ । एक वर्षअघि सरकारले सातवटा गाविस मिलाएर मेलम्ची नगरपालिका घोषणा गरेको थियो ।
यसैबीच हैबुङ, थकनी र भोटेचौरका स्थानीयवासीले आफ्नो गाविसलाई मेलम्ची नगरपालिकामा गाभ्ने प्रस्तावको विरोध गर्दै तीन गाविस मिलाएर छुट्टै गाउँपालिका बनाउन माग गरेको हैबुङका श्रीधोज लामाले बताउनु भयो ।
छलफलमा स्थानीयवासीसहित राजनीतिक दलका स्थानीय प्रतिनिधि सहभागी थिए । रासस
![]() |


ConversionConversion EmoticonEmoticon