Baburam and open hisilale consultancy


भाद्र ८, २०७३ पुर्ब प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र नेतृ हिसिला यमीले घर खर्च लचाउन आफ्नै व्यवसाय शुरु गर्नुहुने भएको छ । भट्टराई र यमी मिलेर बिज्ञता अनुसार इन्जिनियरिङ कन्सल्ट्यान्सी खोल्ने तयारी गर्नुभएको भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले जानकारी दिनुभयो । सानेपाबाट विशाल नगरमा डेरा सर्ने तयारी गरेका यी जोडीले घर भाडा तिर्न आफ्नै व्यवसाय शुरु गर्न लागेका हुन् । पार्टीलाइ धेरै समय दिनुपर्ने भएकाले पार्ट टाइम काम गर्नेगरी कन्सल्ट्यान्सी खोल्न लागेको पाण्डेले बताउनुभयो । भट्टराईले पनि आज ट्विट गर्दै घर खर्च चलाउन आंशिक श्रम गर्ने सोंच बनाएको उल्लेख गर्नुभएको छ । नयाँ शक्ति नेपालले आफु सक्दो श्रम गरेर पार्टीमा स्वयंसेवकका रुपमा खट्न आफ्ना अभियन्तालाइ निर्देशन दिएको थियो ।

Previous
Next Post »