![]() |
विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, सदस्य न्यायाधीश भूपेन्द्रप्रसाद राई र प्रभा बस्नेतको इजालशले लामासँग उक्त रकम धरौटी माग गरेको हो ।
लामाले पटकपटक सार्वजनिक पद धारण गर्दै ९ करोड २४ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ३० गते मुद्दा दायर गरेको थियो । लामा पूर्वअर्थ राज्यमन्त्री, गुम्बा व्यवस्थापन समिति अध्यक्ष तथा माओवादी केन्द्रका सांसदसमेत रहेका थिए ।
अख्तियार छानबिनबाट लामाको कुल २९ करोड ७९ लाख १४ हजार रुपैयाँ बराबर सम्पत्ति रहे भए पनि नौ करोड २४ लाख रुपैयाँ गैरकानुनी रहेको निक्र्योल गरिएको थियो । विशेषका रजिष्ट्रार भद्रकाली पोखरेलका अनुसार लामा धरौटी बापत सिद्धार्थ बैंकलाई जमानत राखेर तारिखमा बसेका छन् ।
![]() |


ConversionConversion EmoticonEmoticon