Cancer, heart disease and weight: red peppers

रातो खुर्सानीले तौल घटाउन मद्दत गर्ने एक अनुसन्धानले देखाएको छ । अमेरिकी अनुसन्धानकर्ताका अनुसार हाम्रो शरीरमा २ प्रकारका फ्याट कोष हुन्छन् – एउटा सेतो र अर्को खैरो ।

सेतो फ्याट कोष शरीरका लागि खराब मानिन्छ । रातो खुर्सानीले सेतो फ्याट कोषलाई खैरोमा बदलेर मोटोपना कम गर्ने अनुसन्धानले देखाएको हो । तर खुर्सानी खाँदा ख्याल गर्नुहोला । कतिपय रोगमा खुर्सानीको सेवन हानिकारक हुनसक्छ । चिकित्सक वा डाइटिसियनको सल्लाहअनुसार खुर्सानी सेवन गर्नुपर्छ । यसैगरी रातो खुर्सानीले क्यान्सर, मुटुरोगबाट बचाउने र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने बिभिन्न अनुसन्धानहरुले देखाएका छन् ।
Previous
Next Post »