धेरै टेलिभिजन हेर्नु : लामो समयसम्म टेलिभिजन हेर्दा मोटोपन बढ्नुका साथै उमेर पनि बढ्छ । एक युनिभर्सिटीमा गरिएको अध्ययनअनुसार १ घन्टा टेलिभिजन हेर्दा २२ मिनेट उमेर कम हुन्छ । फलस्वरूप छिट्टै वृद्धावस्थामा प्रवेश गरिन्छ ।
बोतल तथा स्ट्रबाट पानी पिउनु : बोतल तथा स्ट्रबाट पानी पिउनु र उमेरका बीच सीधा सम्बन्ध हुन्छ । यसबाट पानी तथा अन्य ड्रिंक्स पिउँदा मुखको नजिक तथा आसपासको भागमा चाउरीपन देखापर्छ । त्यसैले पानी तथा कुनै पनि ड्रिंक्स पिउँदा गिलास प्रयोग गर्नुपर्छ ।
धेरै कम तथा बढी व्यायाम : व्यायामले फिट तथा जवान राख्न मद्दत पुर्याउँछ । यद्यपि आवश्यकताभन्दा बढी वा कम व्यायाम गर्नु भने हानिकारक हुन्छ । कुनै–कुनै व्यायाममा मोटोपन तथा मुटु रोगको खतरा बढ्छ । आवश्यकताभन्दा बढी व्यायाम गर्नु हुँदैन । यसले उमेरभन्दा पहिले नै बूढो भएजस्तो देखिन्छ ।
एसी : आवश्यकताभन्दा बढी एन्टी एजिङ प्रयोग गर्दा पनि अनुहारमा चाउरी देखिन्छ । घर तथा अफिसमा भएको एसीले पनि छाला सुख्खा बनाएर चाउरी देखापर्न थाल्छ ।
गुलियो : खानामा धेरै गुलियो प्रयोग गर्दा पनि मोटोपन बढ्छ । लामो समय घाममा बस्दा वा धूम्रपानको सेवनले पनि चाउरीपनको सम्भावना बढाउँछ । रगतमा चिनीको मात्रा बढी भए कोलजन (एक किसिमको प्रोटिन जसले छालालाई मुलायम राख्छ) लाई हानी पुर्याई छाला सुख्खा हुनुका साथै चाउरी देखिन्छ ।
आइपोड : उमेर वृद्धिसँगै सुन्ने क्षमता पनि कम हुन्छ । हिजोआज धेरैजसोले आइपोड प्रयोग गर्छन् । आइपोडमा ठूलो आवाजमा म्युजिक सुन्दा कम उमेरमै सुन्ने क्षमता प्रभावित हुन्छ । हेडफोनमा एक घन्टा लगातार गीत सुन्दा पनि सुन्ने शक्ति कमजोर हुन्छ ।
नोकरी : सबैका लागि नोकरी आवश्यक हुन्छ । यद्यपि नोकरी पनि चाउरीपनको एउटा कारण हुन्छ । खासगरी नोकरीबाट तनाव बढ्छ । यसले मुटु रोगको खतरा निम्त्याउँछ । तनावयुक्त नोकरीले कोशिकाको उमेर पनि वृद्धि हुन्छ । अफिसमा लामो समय बिताउँदा व्यायाम तथा डाइटमा ध्यान दिने समय मिल्दैन ।
साबुन : साबुनको प्रयोग धेरै गर्दा छाला रुखो हुन्छ । साबुनले छालाको सुरक्षा गर्ने लेयरलाई नोक्सान पुर्याउँछ । यसले छाला सुख्खा हुनुका साथै मरेजस्तो देखिन्छ ।
तकिया : कटनको सिरानीमा सधै एकातिर मात्र फर्केर सुत्दा छालामा चाउरी देखापर्नुका साथै पातलो रेखा देखापर्ने सम्भावना बढ्छ । जवान देखिन राति सीधा सुत्नुपर्छ र कटनका साथै सिल्कको तकियाको कभर प्रयोग गर्नुपर्छ ।
कम चिल्लो खानेकुरा : तौल घटाउन कम चिल्लो खानेकुरा खानुपर्छ । ओमेगा ३ फ्याटी एसिडले चिल्लोपदार्थ कम गर्छ । यसले छिटो वृद्ध देखिने सम्भावना कम हुन्छ । ओमेगा ३ फ्याटी एसिड माछा तथा ओखरको सेवनबाट पर्याप्त प्राप्त गर्न सकिन्छ । यसले छालालाई जवान तथा ताजा राख्छ ।
ConversionConversion EmoticonEmoticon