![]() |
श्रावण २५, २०७३- फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउन सरकारले मंगलबार चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार, हवाई विभागका पूर्व महानिर्देशक हरिभक्त श्रेष्ठको अध्यक्षतामा आयोग गठन गरिएको छ । श्रेष्ठ हाल निष्कृय रहेको निजी एयरलायन्स बीबी एयरवेजमा आवद्ध छन् । उनको नेतृत्वले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नु पर्ने छ । यस्ले भविष्यमा यस्ता दुर्घटना हुन नदिने सुझावसहित तथ्यहरु पत्ता लगाउनु पर्ने छ ।
गोरखाको फिलिमबाट ६ जना यात्रु बोकेर काठमाडौं आउँदै गरेको फिस्टेलको हेलिकप्टर सोमबार काठमाडौं विमानस्थलदेखि करिब १८ किलोमिटर उत्तरपश्चिममा रहेको नुवाकोटको बेतिनीमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा सवार ६ यात्रुसहित ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटना स्थल करिब १ घन्टापछिमात्रै फेला परेको थियो ।
![]() |




ConversionConversion EmoticonEmoticon