नेकपा माओवादी केन्द्रले पार्टीको भागमा परेको पाँच मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएका हुन् । पार्टीभित्र लामो विवाद र बहसपछि प्रचण्डले मन्त्री बन्नेहरुको टुंगो लगाएका छन् ।
समानुपातिक र समावेशी ढंगले मन्त्री छनोट गर्ने भनेपनि यस पटक महिला सहभागीता नहुने भएको स्रोतले बताएको छ । माओवादीका नेताका अनुसार उर्जा मन्त्रीमा जनार्दन शर्मा, सूचना तथा सञ्चार मन्त्रीमा राम कार्की, कानुन मन्त्रीमा प्रभु साह, संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा हितराज पाण्डे र शिक्षा मन्त्रीमा डिआएर पौडेलको नाम टुंगो लागेको छ ।
कांग्रेसबाट सहभागी हुने मन्त्रीको नाम टुंगो लाग्ना साथ प्रधानमन्त्रीले आफ्नो दलबाट सहभागी हुने मन्त्रीको टुंगो लगाउने तयारी गरेका छन् । सचिवालयका अनुसार अबको केही दिनभित्र मन्त्रीमण्डलाई पूर्णता दिने गरी प्रधानमन्त्रीले गृहकार्य गरेका छन् । माओवादीले पाएको आठ मन्त्रालयमा यस अघि उपप्रधानसहित अर्थ मन्त्रीमा कृष्णबहादुर महरा, कृषि मन्त्रीका गौरीशंकर थारु, युवा तथा खेलकुद मन्त्रीमा दलजीत श्रीपाइलीले सपथ लिइसकेका छन् ।
जनार्दनलाई रोजीछाडी अरुको हारगुहार
केपी ओली नेतृत्वको सरकार ढाल्ने पात्र मध्येका एक पात्र हुन माओवादीका नेता जनार्दन शर्मा । उनले ओली नेतृत्वको सरकारमा गृह मन्त्री हुनुपर्ने अडान राखेका थिए । यसअघि कृष्णबहादुर महरा गृहमन्त्री बन्ने निश्चित भएपनि शर्माकै कारण ब्याक भएका थिए । महरा र शर्माको टकराबको कारण शक्ति वस्नेतलाई गृहमन्त्रीको चिट्टा परेको थियो । यस पटक पनि महरालाई रोक्न शर्माले प्रचण्डलाई निकै ठूलो दबाब दिएका थिए । शर्मा मात्र होइन ओली सरकार ढाल्ने खेलाडी बर्षमान पुनले पनि शर्मालाई नै गृहमन्त्री बनाउन दबाब दिएपछि अन्तिम समयमा आएर शर्मा र पुन ब्याक भएका छन् ।
प्रचण्डले शर्मालाई सुचना तथा सञ्चार मन्त्री बन्न आग्रह गरेपनि आफूले छानेको मन्त्रालय पाउनु पर्छ भन्दै अहिले उर्जा मन्त्री बन्ने प्रस्ताव राखेको बताइएको छ । स्रोतका अनुसार प्रचण्डले पाँच मन्त्रालय मध्ये जुनसुकै मन्त्रालय छान्न शर्मालाई भनेका छन् । सोही अनुसार करोडौको चलखेल गर्न पाइने भएकाले स्थानीय विकास मन्त्रालय छोडेर शर्माले उर्जा मन्त्रालय तोकेको बताइएको छ । पार्टीबाट यस पटक सबै नयाँ अनुहारलाई मात्र सरकारमा पठाउने तयारी भए अनुसार पार्टीमा सहभागी सांसदहरुले यस पटक आफूले अवसर पाउनु पर्ने भन्दै प्रचण्डसँग हारगुहार गरिरहेका छन् । एक सांसदले भने,‘शर्मालाई रोजीछाडी छ हामीले चाही एक पटक असर पनि नपाउने ?
प्रचण्डसँग गिरिरामणिको रोइकराई
ओली नेतृत्वको सरकारमा रहेर शिक्षा मन्त्री भएर राम्रो काम गरेको भन्दै प्रचण्डसँग गिरिराजमणि पोखरेल भने रोइकराई गर्दै आएका छन् । प्रचण्डसँग उनले संयोगले यस पटक शिक्षा मन्त्रालय आफ्नो पार्टीको भागमा परेकाले बाँकी काम पूरा गर्न पनि एक पटक अवसर दिन आग्रह गरेको छन् । गिरिराजमणि लाजिम्पाट धाउदा पनि अझैसम्म मन्त्री बन्ने निश्चित नहुँदा उनले नेता नारायणकाजी श्रेष्ठलाई प्रचण्डलाई सम्झाउन दबाब दिएको एक नेता बताउछन् । तर प्रचण्डले पटक–पटक मन्त्री भइसकेका पोखरेललाई दोहोर्याउनु भन्दा डिआर पौडेललाई शिक्षा मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।
ConversionConversion EmoticonEmoticon