नेकपा ९माओवादी केन्द्र० सम्बद्ध दोलखाका प्रतिनिधिमण्डलले दोलखा जिल्लामा बाढीपहिराले पुल तथा सडक बगाएका विषयमा ध्यानाकर्षण गराउनेबित्तिकै प्रधानमन्त्रीले तत्काल मर्मतसम्भार गर्न र धोढीखोलामा बेलीब्रिज हालेर सवारी आवागमन सहज बनाउन निर्देशन दिनुभएको हो ।
भेटमा सहभागी नेकपा९माओवादी केन्द्र०का दोलखा जिल्ला अध्यक्ष विशाल खड्काले प्रधानमन्त्रीले समस्या समाधान गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको र सचिव कार्कीले एकाध दिनभित्रै बेलीब्रिज हाल्ने बताउनुभएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रतिनिधिमण्डलले तामाकोसीबाट मन्थली जाने धोढीखोलाको पुल केही दिन पहिलेको बाढीले बगाएको भन्दै तत्काल बेलीब्रिजको व्यवस्था गर्न अनुरोध गरेको थियो ।
प्रतिनिधिमण्डलले दोलखामा पुनःनिर्माणको काम प्रभावकारी हुन नसकेकाबारे प्रधानमन्त्रीलाई अवगत गराएको थियो । साथै प्रतिनिधि मण्डलले भूकम्पको पुनःनिर्माणबारे निर्माण गरिएको कार्यविधि अनुदार भएको भन्दै सहज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भेटमा प्रधानमन्त्री दाहालले दोलखाको समस्यालाई गम्भीरतापूर्वक लिएको भन्दै समस्या समाधान गर्ने विश्वास दिलाउनुभएको थियो । रासस
ConversionConversion EmoticonEmoticon