The US dollar limit exceeded holder

यसअघि उनीहरुको कारोबार सिमा १० हजार डलर रहेको थियो । राष्ट्र बैंकले आइतबार परिपत्रमार्फत बैंकहरुलाई उक्त निर्देशन दिएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा अमेरिकी डलरको कारोबार सीमा बढाएर १५ हजार डलर पुर्‍याउने घोषणा गरिएको थियो । सोही नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले परिपत्र गरेको हो ।

विदेशबाट आयात गर्न वा आयात गरेको समानको भुक्तानी गर्नु परेमा व्यक्तिगत प्रयोगका लागि आयात गर्न सकिने भनि तोकिएका बस्तुहरु झिटी, गुन्टा सुविधा अन्तरगतका वस्तुहरु र सरकारबाट आयात स्वीकृति लिइएका बस्तुहरुका लागि भुक्तानी गर्दा १५ हजार डलरसम्मको कारोबार सिमा तोकिएको छ । यसअघि यस्तो सिमा १० हजार डलर थियो ।

‘परिवत्य विदेशी मुद्रामा प्रचलित  व्यवस्थाले खर्च गर्न छुट दिएका वस्तु आयात, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता सेवा खरिदका लागि एक पटकमा १५ हजार अमेरिकी डलर वा पटक पटक गरी एक वर्षमा २० हजार डलर उपयोग गर्न सकिनेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ,‘ तर, यस्तो सटही पुँजीगत लगानीको रुपमा उपयोग गर्न पाइने छैन ।’ हाल परिवत्य विदेशी मुद्रामा चल्ति, बचत, मुद्दति र कल गरी चार किसिमका खाता खोल्न सकिन्छ ।

Previous
Next Post »