![]() |
तपाईमा घुर्ने समस्या छ रु यही समस्याका कारण तपाई सुतेको कोठामा अन्य मानिस सुत्न नमान्ने गरेका त छैनन रु यदि हो भने घरमै बनाउन सकिने सामान्य जुसबाट नै घुराई निको हुने वैज्ञानिकहरुले दाबी गरेका हुन । जुस भन्दा अगाडि घुराईको कारण बुझ्नु महत्वपूर्ण हुन्छ ।
प्राय मेडिकल विज्ञहरुका अनुसार घुराईको मुख्य कारक तत्व अत्यधिक म्युकस पिनाश नलीमा हुने फोहोर हो । हावा जाने ठाँउमा मुकसको मात्रा घटाएर हामीले घुराईलाई न्यून गर्न सकिन्छ । तपाईले पनि घुराईबाट जोगिन यस स्वभाविक तरिकालाई प्रयोग गर्न सक्नुहुन्छ । हावा जाने ठाँउमा मा अत्याधिक म्युकसको मात्रा रोक्न घरकै जुस बनाउनुपर्छ । तर जुस बनाउदा चाहिने फल अर्गानिक हुनुपर्छ र त्यसमा कत्ति पनि हानिकारक विषादीको प्रयोग भएको हुनुहुन्न ।
एक टुक्रा कागती, एक टुक्रा अदुवा, दुई ओटा स्याउ र दुई ओटा गाजरको मिश्रणबाट यो जुस बनाइन्छ । यी सबै तत्वलाई मिसाउनुहोस र त्यसलाई एकै चोटी पेल्नुहोस वा छुट्टाछुट्टै पेलेर १ गिलास जुस बनाउनुहोस । बेडमा जानुभन्दा केही मिनेट अगाडि सो जुस पिउनुहोस । घुर्नबाट बच्न तपाईले केही खाना जस्तै परिमार्जित खाना वा पेय पर्दाथ, मदिरा, फ्राई गरेको खाना, चकलेट र पचाउन गाहो हुने खानेकुरा खानुुहुदैन् ।
यो जादूमय जुस पिएर तपाईले आफ्नो मुकसको हाव सफा गर्न सक्नुहुनेछ । बिस्तारै तपाईको घुराई कम हुदै जान्छ । यो जुस नियमित रुपमा सुत्नु भन्दा अगाडि लगातार पाँच दिन खाँदा घुर्ने समस्या समाधान हुन्छ ।
![]() |


ConversionConversion EmoticonEmoticon