No way, owners will not amend the Constitution: Oli


श्रावण २६, २०७३- काँग्रेस–माओवादीको सत्ता साझेदार र संघीय गठबन्धनबीच संविधान संशोधनका लागि सबै पक्षलाई मनाउने सहमति भएको बेला एमाले अध्यक्ष केपी ओलीले भने औचित्यको आधारमा मात्र संविधान संशोधन हुने बताएका छन् ।

'कसैले बाटो–बाटोमा संशोधन माग्दैमा संविधान संशोधन हुँदैन' निवर्तमान प्रधानमन्त्री ओलीले बुधबार पत्रकारहरुसंग पार्टी कार्यालय बल्खुमा भने, 'संविधानको संशोधन औचित्यको आधारमा हुन्छ । जस्ले मागे पनि जहिले पनि गरिने कुरा होइन ।'

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चासहितको संघीय गठबन्धनलाई उनीहरुको माग संविधान संशोधनमार्फत पुरा गर्ने सहमति गरेका छन् । उक्त सहमति पछि प्रधानमन्त्रीमा गठबन्धनले दाहालको पक्षमा मतदान गरेको थियो ।

संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी एमालेको समेत सहमतिको आवश्यकता पर्दछ । ओली नेतृत्वको सरकारसंग पनि पहिले मधेसी मोर्चा र पछि संघीय गठबन्धनको तर्फबाट संविधान संशोधन गरेर प्रदेशहरुको सिमांकनलाई फेर्न माग गरेको थियो ।

ओलीले कसैलाई भोट हालेको वा कसैलाई भोट नहालेको विषयलाई लिएर पूर्वाग्रह भने नराखिने बताए । 'संविधानको संशोधन कस्ले कस्लाई भोट हाल्यो भनेर होइन, औचित्यका आधारमा हुन्छ' उनले थपे ।

हालै प्रधानमन्त्री दाहालले ओलीले ठूला ठूला सपना देखाएको तर, त्यसलाई पुरा गर्ने योजना र स्रोत भने परिचालन नगरेको भन्ने विषयको पनि प्रतिवाद गरेका छन् । 'मलाई विनम्रताका साथ सोधियो वा लिखित निवेदन दियो भने म स्रोत देखाइ दिन्छु ' उनले भने ।



Previous
Next Post »