![]() |
२६ साउन, एजेन्सी ।
इराकको राजधानी बगदादमा रहेको एक अस्पतालमा आगलागी हुँदा ११ नवजात शिशुको मृत्यु भएको छ ।
इराकी स्वास्थ्य मन्त्रालयका अनुसार यारमोक अस्पतालको प्रसुती वार्डमा विद्युत सर्ट भएर अगो लागेको हो । घटनापछि अस्पतालमा सिल गरिएको इराकी अधिकारीहरुले बताएका छन् ।
त्यहाँ रहेका २९ महिला र ७ शिशुलाई उपचारका लागि अर्कै अस्पतालमा स्थानान्तरण गरिएको द गार्जियनले समाचार लेखेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् ।
![]() |


ConversionConversion EmoticonEmoticon