Interesting story of parity school, Rs. 100 graduate level studies

‘निकृष्ठ श्रम गर्न बाध्य धेरै जसो परिवार एउटा साँघुरो, सस्तो कोठमा बस्छन् । उनीहरुको लागि एकै कोठा बस्ने, खाने, सुत्नको लागि हुन्छ । उक्त परिवारको बालबालिकाले पारिवारिक झगडा, बुबाले धुम्रपान, मध्यपानको सेवन गरेको, आमा बुबाले सेक्स गरेको सबै देख्छ । ज्ञान गुनका कुरा सिक्नुपर्ने उमेरका बालबालिकालाई सही मार्गमा ल्याउन पनि समताको स्थापना भएको हो’

समता शिक्षा निकेतनले अबका दिनमा कलेज पढ्ने विद्यार्थीहरुलाई व्यवसायीकरणको सीप पनि सिकाउँने भएको छ ।
पानीपुरी, चटपटे, ठेला पसल, थर्मसमा चिया, तरकारी पसल, खुल्ला कपडा पसल जस्तो काममा हामी उनीहरुलाई लगाउँदैछौं, उनले योजना सुनाए । काम गर्ने वातावरण तथा व्यवस्था समता शिक्षाले गरेपनि आउने आम्दानी भने विद्यार्थीकै हुनेछ । काम गर्ने मानिस कहिल्यै सानो नहुने भन्दै कर्मलाई सम्मान गर्न सिकाउन यस्तो गर्न लागिएको हो ।

 देशले खोजेको परिवर्तन पनि यहि नै हो, उनी भन्छन् । परिवर्तन गफ होइन, नारा पनि होइन न त यो बाद नै हो । परिवर्तन भनेको गर्नु हो ।
४० वर्षिय उत्तम सञ्जेल काठमाडौंको गोठाटारमा जन्मिएका हुन् । सिनेमा निर्देशक बन्ने उदेश्यले झण्डै ७ वर्ष मुम्बईमा संर्घष गरेका सञ्जेलले नेपालमा पनि यसको आंशिक प्रयोग गरे । उनी निर्देशीत टेलिफिल्महरुमध्ये केही प्रर्दशनमा पनि आए ।
कलाकारितामा भविष्य खोज्दै हिडेका उनी अहिले अरुको भविष्य बनाउन लागि परेका छन् । यस्तो बद्लाव कसरी त ? मुम्बईको गल्लिमा आफ्नो भविष्य खोज्दै गर्दा उनको सात्क्षातकार जीवनको यस्तो पाटोसंग भयो जतिखेर उनलाई आफ्नो भन्दा अरुकै भविष्यको चिन्ताले सतायो ।
‘मुम्बईको गल्लिहरु हिड्दा, त्यहाँ मैले देखे सासाना नानीहरु फोहरको डंगुरबाट सिता/सिता बटुलेर भोक मारिरहेका थिए, अनि मेरो पनि सोच बद्लियो,’ सञ्जेल भन्छन् ।

उनको जीवनमा आएको यही यु टर्नले उनकोभन्दा पनि हजारौं बालबालिकाको भविष्य बन्न सकेको छ ।
‘समताबाट पढेकामध्ये केही डाक्टर, दर्जनौंको सङ्ख्यामा इन्जिनियर, सयौंको सङ्ख्यामा नर्स भएका छन्, केहीभने विदेश समेत गएका छन्,’ सञ्जेल गर्व गर्छन् ।
पछिल्लो समय शिक्षा एउटा व्यापार भएको छ । व्यवसाय नाफा घाटामा आधारित हुने भएकैले सस्तो र सर्व सुलभ पनि छैन् । यस्तोमा घरबार नै बेचेर डाक्टर, इन्जिनियर पढ्न आम मानिसलाई त गाह्रो पर्छ भने विपन्न बर्गलाई यस्तो सपना देख्न पनि गाह्रो छ । तर सञ्जेलको विद्यालय समता शिक्षा निकेतनले विद्यार्थीको हैसियत हेर्दैन् ।
‘यस विद्यालय सडक बालबालिका बन्ने प्रक्रिया रोक्ने उदेश्यले स्थापना भएको थियो,’ सञ्जेल भन्छन् । उनले बिस्तार लगाए,
डेरामा बस्ने आर्थिक अवस्था कम भएका बुबाआमाहरु प्राय काममा जाने हुँदा दिउँसोको समयमा बालबालिकाहरु कोठामा एक्लै बस्नुपर्ने हुन्छ । बालबालिका फोहोरी भएर सडकमा बरालिन थाल्छन् र यही क्रममा कसैले उसलाई केही पैसा पनि दिन्छ, पैसा पाएको देखेपछि त्यो बच्चालाई पनि बाटोमा बस्ने मन बन्न थाल्छ ।
यस विषयमा अनुसन्धान समेत गरेका सञ्जेलले विपन्न वर्गमा जन्मिएकै कारण बालबालिकाको मनोविज्ञानमा पर्ने असरको पनि अनुभुती गरेका छन् । उनको अर्काे अध्ययन निकृष्ठ श्रम गर्न बाध्य परिवारमा आधारित छ ।

निकृष्ठ श्रम गर्न बाध्य धेरै जसो परिवार एउटा साँघुरो, सस्तो कोठमा बस्छन् । उनीहरुको लागि एकै कोठा बस्ने, खाने, सुत्नको लागि हुन्छ । उक्त परिवारको बालबालिकाले पारिवारिक झगडा, बुबाले धुम्रपान, मध्यपानको सेवन गरेको, आमा बुबाले सेक्स गरेको सबै देख्छ ।

ज्ञान गुनका कुरा सिक्नुपर्ने उमेरका बालबालिकालाई सही मार्गमा ल्याउन पनि समताको स्थापना भएको हो, उनी भन्छन् ।
तर आज यस विद्याल “स्कुल फर अल” भएको छ । यस विद्यालयको लक्ष्य भनेको नै कमजोर आर्थिक अवस्था भएका, डेरामा बस्ने विद्यार्थीहरु पढुन् भन्ने हो । तर पछिल्लो समय राम्रो पारिवारिक अवस्थाका विद्यार्थीहरु पनि यहा पढ्न आउने गर्छन् । न्युन मासिक शुल्क त छदैछ , त्यहाँ हुने गुणस्तरिय पढाइले पनि त्यस्ता विद्याथीहरुलाई पनि तानेको छ ।

हालसम्म आइपुग्दा समता शिक्षा निकेतन स्कुल नेपालका ४२ जिल्लामा फैलिइसकेको छ । हाल ४३ वटा स्कुलहरु सञ्चालनमा आइसकेको समता शिक्षा निकेतनको उदेश्य भनेको आगामी ४ वर्षभित्र नेपालको ७५ ओटै जिल्लामा समता शिक्षाको स्थापना गर्नु हो । हाल समताबाट झण्डै ४२ हजार विद्यार्थीहरुले शिक्षाको अवसर पाइरहेका छन् । समता शिक्षा निकेतनले विपन्न बर्गका बालबालिकोको उच्च शिक्षा हासिल गर्ने सपना पनि साकार गरिरहेको छ । हाल समता शिक्षा निकेतनमा प्लस टु तर्फ बिज्ञान, व्यवस्थापन र शिक्षा संकायमा पढाई भइरहेको छ । स्नातकतर्फ बीए र बीबीएस स्नातकोत्तर तर्फ एमबीएस बिषयको पनि अध्यापन हुन्छ । त्यो पनि मासिक १ सय रुपैयाँ लिएर ।

समता शिक्षा निकेतनले नर्सरीदेखि स्नाकोत्तरसम्मका विद्यार्थीहरुलाई मासिक रु १ सय शुल्कमा पढाइरहेको छ । यो मात्रै एउटा यस्तो स्कुल हो जहाँ रु १ सयमा नर्सरी देखि स्नाकोत्तरसम्म पढ्न पाइन्छ ।

मासिक रु १ सय शुल्क लिएर विद्यालय सञ्चालन गर्न सकिन्छ ?
‘सहयोगी हातहरु पनि छन् र त अहिलेसम्म सम्भव भइरहेको छ,’ सञ्जेलले स्पष्ट पारे ।
समता स्कुललाइ गैर आवासिय नेपाली डा. उपेन्द्र महत्तो र कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सहयोग गरिरहेका छन् । साथै बेलबखतमा नेपाली तथा विदेशीहरुले जन्मदिन, बिवाह समारोह, उपलब्धि प्राप्त गरेको अवसरमा उठेको पैसा पनि पठाउने गर्छन् । यसरी नै चलिरहेको छ, समता स्कुल । तर सधै यसरी विद्यालय सञ्चालन गर्न पनि सम्भव भने हुँदैन् ।

विद्यार्थीहरुबाट मासिक रुपमा आउने रु १ सयले २५ प्रतिशत खर्च धान्न सकिने भएपनि बाँकी ७५ प्रतिशत रकमको लागि चन्दा, अनुदानमा भर पर्नुपर्छ । ‘यही कारण बेलाबखतमा कर्मचारीहरुलाई तलब दिन नै पुग्दैन,’ भन्छन् सञ्जेल ।
समता शिक्षा निकेतनमा झण्डै ११ सयले काम गर्छन् । ४२ हजार विद्यार्थी पढाउने यस विद्यालयको खर्च पनि निकै ठूलो छ । जनशक्ती, भौतिक पूर्वाधारहरुको निर्माण, आवश्यक सामग्रीहरुको प्रवन्ध मिलाउनु, स्कुल सञ्चालन भइरहेको जग्गाको भाडा लगायतका कुराहरुमा ठुलो राशी खर्च हुन्छ ।

तरपनि समताले विद्यालय विस्तारका थप नयाँ योजनाहरु अगाडी बढाउदै छ । हाल काठमाडौंमा मात्र सञ्चालनमा रहेको विज्ञान बिषयको पढाई आउदो वर्षदेखि उपत्यका बाहिरका समता स्कुलमा पनि पढाउने तयारी समता फाउन्डेसनको छ । प्लस टु लेभलको पढाइ भने काठमाडौं उपत्यका बाहिर शुरु भइसकेको छ ।

समताको १६ वर्षको उपलब्धि भनेको त्यहाँ पढ्ने विद्यार्थी आश्रित छैनन् । बरु उनीहरु घरपरिवार धानेर बसिरहेका छन् । उनीहरुले सिकेका कुरा व्यवहारमा पनि उतारिरहेका छन् । त्यस्ता कुराहरुले सञ्जेललाई खुसी बनाउँछ पनि ।
‘देशले खोजेको परिवर्तन पनि यहि नै हो,’ उनी भन्छन् । ‘परिवर्तन गफ होइन, नारा पनि होइन न त यो बाद नै हो । परिवर्तन भनेको गर्नु हो,’ उनको अनुभवले भन्छ । परिवर्तनको नाममा आफुअनुकुल नीति नियम बनाउने परिपाटीले देशले गति लिन नसकेको उनको बुझाई छ । आफुले चाहेको काम गर्न नपाउनु बिडम्बना हो । कुरैकुरामा उनी आक्रोशित पनि भए, ‘संसारमा नेपाल मात्रै यस्तो देश हो जहाँ मदिरा पसल जतिपनि खोल्न सकिन्छ तर विद्यालय खोल्न सकिदैन ।’

विद्यालय सञ्चालनको सुरुवाति दिनहरुमा उनी डेरा–डेरा पुगेर विद्यार्थीहरु खोजेर ल्याउने गर्दर्थे । परिवारलाई शिक्षाको महत्व के हो भनेर बुझाउन कठिन थियो । तर आजभोलि समतामा विद्यार्थीहरु राख्ने ठाउँ पनि छैन । समता शिक्षा निकेतनले अबका दिनमा कलेज पढ्ने विद्यार्थीहरुलाई व्यवसायीकरणको सीप पनि सिकाउँने भएको छ । पानीपुरी, चटपटे, ठेला पसल, थर्मसमा चिया, तरकारी पसल, खुल्ला कपडा पसल जस्तो काममा हामी उनीहरुलाई लगाउँदैछौं, उनले योजना सुनाए । काम गर्ने वातावरण तथा व्यवस्था समता शिक्षाले गरेपनि आउने आम्दानी भने विद्यार्थीकै हुनेछ ।

काम गर्ने मानिस कहिल्यै सानो नहुने भन्दै कर्मलाई सम्मान गर्न सिकाउन यस्तो गर्न लागिएको हो । पढ्नु भनेको आफ्नो क्षमताको अभिवृद्धि गर्नुु हो । पढेपछि समाजको आँखा नजाने खालको काम गर्नुहुन्न भन्ने संर्किण सोचाइलाई चिर्न पनि यस्तो अभियान आवश्यक भएको उनको ठम्याइ छ ।

‘हालै अमेरिकी राष्ट्रपति बाराक ओबामाको छोरी रेष्टुरेन्टमा वेटर काम गरेको खबर सार्वजनिक भयो, यो एउटा पछिल्लो उदाहरण हो, विकशित देशका धनी या गरिब जुनसुकै मानिसहरुले कामलाई प्राथमिकतामा राख्छन् भन्ने,’ उनको आफ्नो ठम्याईलाई पुष्टि गर्दै भने । आफ्ना विद्यार्थीहरुलाई सामान्य बजारतर्फ आर्कषत गर्न पनि यस्तो प्रकारको योजना बनाएको उनले बताए । अझै उनि आफ्नो काममा सन्तुष्ट छैनन् त्यसकारण दिनरात नभनि मेहनत गरिरहन्छन्, सञ्जेल ।

Previous
Next Post »