Lalitpur dhobighatama knowledge srimadabhagavata week started mahayagna

बैशाख १२ को भुकम्पमा परि दिवंगत भएका पितृहरुको उद्धारका लागि ललितपुरस्थित धोबिघाटमा सोमबारवाट श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । आध्यात्मिक जागरणद्धारा भौतिक समुन्नतिका लागि विश्व शान्ति अभियान नेपालले देशका बिभिन्न ठाउँमा भागवत सुरु गरेको हो ।


महायज्ञ ललितपुरको धोबिघाटस्थित श्री नारदेश्वर एवं कालेश्वर मन्दिरमा हुने भएको छ । विश्व शान्तिको अभियान स्वरुप संचालन गरिएको भागवतमा आचार्य गुरु मुरलीधर पोखरेलको कथाबाचन रहनेछ । भुकम्पमा ज्यान गुमाएका आत्माको चिर शान्तिको कामना स्वरुप संचालन भएको यस महायज्ञबाट विभिन्न समाजिक संघ संस्थालाई सहयोग समेत रहने गुरु पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा उपस्थित श्रद्धालु एवं इकुहिटि महिला समुहकी अध्यक्ष सुधा केसीले कार्यक्रमबाट उठेको रकम महिला हित र सामाजिक कार्यमा खर्च गरिने बताउनुभयो ।
महायज्ञको कथाबाचन मंगलबारबाट सुरु भएर साउन ३२ गते समापन हुने आयोजकले जनाएको छ ।
Previous
Next Post »