![]() |
लियोनेल मेसी, लुइस स्वारेज, हाभियर मास्केरानो जस्ता खेलाडीलाई पहिलो सेटमै उतारेको बार्सिलोनाविरुद्ध लिभरपुलले १५ औं मिनेटमै अग्रता लिएको थियो । साउथह्याम्पटनबाट ३ करोड ४० लाख पाउन्डमा आएका साडियो मानेले एडम ललानाको पासमा लिभरपुलको खाता खोलेका थिए ।
मध्यान्तरपछि लिभरपुलले ३ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । ४७औं मिनेटमा जोर्डन हेन्डरसनको प्रहार क्लियर गर्नेक्रममा मास्केरानोले आत्मघाती गोल गर्न पुगे । त्यसको एक मिनेटपछि डिभोक ओरिजीले काउन्टर एट्याकमा गोल गरे । ३ गोलले पछाडी परेको सयममा बार्सिलोनाले नियमीत कप्तान एन्ड्रेज इनिस्टा, जेरार्ड पिके, इभान राक्टिक जस्ता खेलाडी उतारे पनि लिभरपुलको अगाडी केही लागेन् ।
मार्को गुरुजिकले अन्तिम मिनेटमा हेडबाट लिभरपुलका लागि चौथो गोल गरे । लिभरपुल स्ट्राइकर डानियल स्टुरिज बिना उत्रेको थियो । उनी सहित घाइते खेलाडीको सुचिमा जेम्स मिल्नर पनि थपिएका छन् । शनिबारको खेलमा लिभरपुलको कप्तानी गरेका मिल्नर पहिलो हाफमै चोटका कारण मैदान छाडेपछि उनको स्थान अल्बर्टो मोरेनोले लिएका थिए ।
वेम्बली रंगशालामा ८९ हजार ८ सय ४५ दर्शकले खेल हेरेका थिए । ९० हजार दर्शक क्षमता भएको वेम्बलीमा दोस्रो सवैभन्दा बढी दर्शक उपस्थित भएका हुन् । टिकट मुल्य न्युनतम ३० पाउन्ड तोकिएको खेल आफुले ८५ पाउन्ड दर भएको टिकट काटेर हेरेको लन्डनमा बस्दै आएका काठमाडौंका जय पौडेलले बताए । लिभरपुल-बार्सिलोना बीचको यस खेलको टिकट ३ महिना अगाडी अनलाइनबाट बिक्रीमा राखिएको २ घन्टापछि नै सकिएको थियो ।
लिभरपुलले आइतबार नै जर्मनीको मेन्जसँग प्रि सिजनको अन्तिम खेल खेल्ने छ । एकदिन अघि बार्सिलोनासँग खेलेका भएकाले लिभरपुलले त्यसमा दोस्रो रोजाइका खेलाडीलाई उतार्ने छ । लिभरपुलले आउँदो आइतबार आर्सनलसँग इमिरेट्समा खेलेर प्रिमियर लिगको सुरुआत गर्दैछ ।
स्पेनिस च्याम्पियन बार्सिलोनाले बेलायत भ्रमणमा सेल्टिक र लेस्टरसँग प्रभावशाली विजय हात पारे पनि लिभरपुलविरुद्ध आफ्नो पहिचान देखाउन सकेन् । ब्राजिलीयन स्ट्राइकर नेयमार ओलम्पिक टोलीमा रहेकाले उनी बार्सिलोनाको टोलीमा थिएनन् ।
![]() |
ConversionConversion EmoticonEmoticon