Looking into the bitter sweet tempting to use the fact of goods


काठमाडौका व्यापारीहरुले बढि मुनाफा आर्जन गर्न बढि प्रयोग हुने खुवाको साटो म्याद नाघेको मैदा, पिठो र सूजीको प्रयोग गर्ने गरेको पाइएको छ । जसले पेटमा प्रत्यक्ष असर पार्ने गरेको ।

\

व्यापारीहरुले निम्न गुणस्तरको घ्यु र हप्तौ पूरानो तेलको प्रयोग गर्ने गरेकोले पनि घाँटी सम्बन्धि विभिन्न रोग देखा परेको पाइएको छ । माछापोखरी स्थित त्रिमुर्ति मिष्ठान्न भण्डारमा उत्पादनमा मिठाईमा खाद्य पदार्थमा गुणस्तर नभएको र अत्याधिक फोहोर फेला परेको छ ।


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र उपभोक्ताकर्मीको सयुक्त टोलीले सोमवार गरेको अनुगमन यस्तो तथ्य फेला पारेको हो ।


अनुगमनको क्रममा मिठाई उत्पादन गर्ने क्षेत्र निकै फोहोर रहेको र बासी मिठाई विक्री गरेको भटेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य अनुसधान अधिकृत इश्वर सुवेदीले जानकारी दिनु भयो ।


खाद्य ऐनमा दूषित खाद्य पदार्थ उत्पादन, बिक्रीवितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षदेखि दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । मानव स्थवास्थ माथि ठूलो खेलबाड गरेको मिठाई व्यापारी माथि काड भन्दा कडाई सजाए हुनु पर्ने उपभोक्ताकर्मीको भनाई छ ।


अनुगमनको क्रममा भेटिएको यही तथ्यले पनि काठमाडौंमा खुलेआमरुपमा मिठाइको नाममा विष मन्द विष बेचिएको पुष्टि हुन्छ । यो सामान्य नभई जघन्य अपराध नै हो । यस्तो अपराधकर्ममा संलग्न व्यापारीलाई घुस खाएर छोड्नु महापाप नै हुने भन्दै उपभोक्ताकर्मीले सरकारी कर्मचारीको ध्यानाकर्षण गराएका छन् ।

Previous
Next Post »