कम्पनीका महाप्रबन्धक प्रफुल्लचन्द्र दासले ४ ई–कारमध्ये २ वटा पहाडी क्षेत्र र राजधानीमा परीक्षणका लागि पठाएको बताए । उनले बाँकी २ वटालाई तराई क्षेत्रको परीक्षणमा पठाइएको जनाए ।
चीनबाट कच्चा पदार्थ आयात गरी निर्माण गरिएका ई–कारको मूल्य बढीमा १४ लाख ३० हजारसम्म रहेको कम्पनीले जनाएको छ । ५ जनासम्मले यात्रा गर्न सक्ने ई–कारमा एसी, पावर लक, पावर स्टेरिङ, पावर विन्डो र रिर्भस क्यामेराको सुविधा रहेको दासले बताए । कच्चा पदार्थ आयातमा सरकारले सुविधा दिएमा ई–कारको मूल्य अझै कम हुने कम्पनीको दाबी छ । कम्पनीले सरकारसँग कच्चा पदार्थ आयातमा भन्सार महसुल र अन्त:शुल्कमा सहुलियत माग गरेको दासले बताए ।
२०५१ सालदेखि तीनचक्के र चारचक्के यन्त्र उत्पादन गर्दै आएको यो कम्पनीले हुलास मुस्ताङ म्याक्स गाडीको उत्पादन गरेको थियो । उक्त गाडीले वातावरण प्रदूषण २०६९ को मापदण्ड पूरा गर्न नसकेपछि कम्पनीले २०७१ साउनदेखि यसको उत्पादन बन्द गरेको थियो । त्यसपछि चार्ज ब्याट्रीबाट चल्ने सिटी रिक्सा उत्पादनमा लागेको थियो ।
कम्पनीले हुलास शेर्पाको नाममा चारचक्के गाडी बजारमा ल्याएको थियो । सुरुवातीमा कम्पनीले हुलास शेर्पा २० डी, ३२ डी र ४६ डी बजारमा ल्यायो । महाप्रबन्धक दासका अनुसार सरकारले वातावरण प्रदूषणको प्रावधान ल्याएपछि २०५६ सालमा यसलाई मोडिफाई गरी हुलास शेर्पा ४६ डी एनएस इड्राइभ बजारमा ल्यायो । कम्पनीले यसलाई २०५९ मा मोडिफाई गरी हुलास मुस्ताङको उत्पादन सुरु गरेको हो ।
ConversionConversion EmoticonEmoticon