August 9th Horoscope

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
 सुखदुःखमा सहयोग जुटाउनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा जगाउनेछ। साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। आयआर्जन पनि राम्रै हुनेछ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
 रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिद्वन्द्वीहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले केही अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
 इच्छाशक्तिले मात्र काम सम्पादन नहुन सक्छ। अप्रिय समाचारले मन खिन्न तुल्याउनेछ भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लक्ष्य हासिल हुन सक्छ। गुरुजनको विशेष सहयोग जुट्नेछ भने सन्तान तथा अनुयायीले प्रसन्नता दिलाउनेछन्। नयाँ योजना प्रारम्भ गर्न समय पर्खनुहोला।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
 आफ्ना योजना तत्काल सार्वजनिक नगर्नुहोला। साझेदारीमा देखिने असमझदारीले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिनाले अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। आमाको माध्यमबाट काम बनाउन सकिनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
 विभिन्न भौतिक साधन जुट्नेछन् भने मेहनत गर्दा मानोकांक्षा पूरा हुने समय छ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ। नयाँ वस्त्र एवं आभूषण प्राप्त हुन सक्छ। कृषि तथा व्यापारमा मनग्य लाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा फाइदा हुने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
 विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। तार्किक क्षमताले मानसम्मान दिलाउनेछ। तर, आलस्य गर्दा अवसरबाट वञ्चित भइनेछ। बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। पढाइ-लेखाइमा प्रगति हुनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
 साथ दिनेहरू बढ्नेछन्। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
 आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढिन सक्छन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
 श्रमको उचित मूल्यांकन हुनेछ भने आँटले काम लिँदा पछिका लागि फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनुका साथै नजानेको सीपसमेत हासिल हुने योग छ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। सोचेको लाभ नभए पनि मेहनत गर्दा अलि कम मूल्य प्राप्त हुनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
 प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर मिल्नेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
 व्यावसायमा खर्च बढ्नेछ। नियमको पालना गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको कामले उत्साह जगाउनेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। मेहनत गर्दा प्रतिष्ठा पाइनेछ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
 अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। अरूका जिम्मेवारीसमेत वहन गर्नुपर्ने अवस्था आउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। कमजोरीले सताउनेछ भने समयमा काम पूरा गर्न नसकिएला। आशा देखाउनेहरूबाटै धोका पाइएला। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन् भने कामको गतिमा कमी आउने सम्भावना छ।
Previous
Next Post »