NSU convention delayed Cabinet expansion: PM


श्रावण २६, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले एक दुईदिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । दाहालले सत्ता साझेदार कांग्रेस आफ्नो भातृ संगठन नेविसंघको महाधिवेशनमा व्यस्त भएकाले मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ भएको बताए । माओवादी केन्द्रका तर्फबाट मन्त्री छान्न समस्या नरहेको समेत उनको दाबी छ ।

'हामी मन्त्रिपरिषद् बिस्तार गर्नबारे कांग्रेससग छलफलमै छौं, नेविसंघ महाधिवेशनमा कांग्रेस व्यस्त भएकाले ढिलाई भएको हो,' बुधबार रिपोर्टर्स क्लबसँग बालुवाटार निवासमा कुरा गर्दै उनले भनेे, 'कांग्रेसका तर्फबाट मन्त्रीमा नाम सिफारिस आउनासाथ हाम्रो पार्टीको तर्फबाट नाम अगाडि बढिहाल्छ ।'

दाहालले सरकारले संविधान कार्यान्वयन, भुकम्पपछिको पूर्ननिर्माण र जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने भ्रष्टाचार र कालो बजारी नियन्त्रणलाई प्राथमिकतामा राखेको बताए । जनताले प्रत्यक्ष राहत महशुस गर्नेगरि दु्रत गतिमा काम गर्न सचिवहरुलाई निर्देशन दिईसकेको भन्दै उनले प्रभावकारी र शक्तिशाली अनुगमन गर्ने कुरालाई प्राथमिकतामा राख्ने बताए ।

'विगतमा भारत र नेपालको महगी अनुपात लगभग समान रहेको पाईए पनि अहिले भारतको बजार उस्तै छ, तर नेपालमा मुल्यवृद्धि हृवात्तै बढनु चिन्ताजनक छ,' दाहालले भने,  'मुल्यवृद्धि र कालोबजारी रोक्नेबारेमा मेरो पुरै ध्यान केन्दि्रत रहन्छ ।'

भुकक्पपछिको मुलुकको पूर्ननिर्माण असाध्यै ढिलो गतिमा बढेको उल्लेख गर्दै आफुले पहिलो क्याविनेट बैठकबाटै ४५ दिनभित्र भुकम्पपीडितलाई पहिलो किस्ता उपलब्ध गराउन निर्देशन दिईसकेको बताए । उनले थपे,'भुकम्पपीडितलाई राहत दिने कुरामा र सरकारले गरेको निर्णय कार्यान्वयन गराउन मैले निर्देशन दिईसकेको छु ।'

संविधानको सर्वस्विकार्यताको लागि मधेशी, जनजाति, थारु, आदिवासी, पिछडिएका वर्ग लगायत सबैका समस्या हल गर्दै मुलुकको आन्तरिक राष्ट्रिय एकता बलियो बनाउनु नै आफ्नो जिम्मेवारी भएको प्रधानमन्त्री दाहालको भनाई थियो । उनले थपे,'संविधान कार्यान्वयन आजको आवश्यकत्ता हो, यसमा सबै दलहरु एकजुट हुनुपर्छ ।' उनले आन्तरिक राष्ट्रिय एकता सुदृढ नगरीए मुलुक अप्ठ्यारोतिर जान सक्ने चिन्ता व्यक्त गरे । उनले थपे,'मधेशवादी दलका माग पुरा गर्ने दिशामा सरकार अघि बढिसकेको छ, केही माग पुरा गराउन संविधान संशोधनको आवश्यक छ, त्यसमा पनि राष्ट्रिय सहमति कायम गरेर अघि बढ्छु ।'

सरकारले आर्थिक वृद्धि र समृद्धिको लागि सरकारले तात्कालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने,'हाम्रो यो संकल्पमा सबैको साथ र सहयोगको अपेक्षा छ, एक्लैले बल गर्दैमा हुने कुरा होईन, त्यसैले मिडियाको भूमिका झनै महत्वपूर्ण हुन्छ ।' उनले सरकारसाग चूनौति र अवसर दुवै रहेको भन्दै विगतका तितामिठा सबै खाले अनुभवबाट सिक्दै यसपटक आफ्नो सबै वुद्धि र विवेक प्रयोग गरेर अहिले देखिएका सबै खाले राष्ट्रिय चूनौति पार गर्ने दृढ विश्व्ाास व्यक्त गरे । उनले सञ्चारकर्मीको न्युनतम पारिश्रमिकबारे सरोकारवाला पक्षसग कुरा थालिसकेको समेत बताए ।



Previous
Next Post »