हालै मानिसको खाने बानीमाथि ३२ हजार बयस्कमा ६ वर्षसम्म गरिएको अध्ययनको रिपोर्ट सार्वजनिक गरिएको थियो । उनीहरुमा आगामी ६ वर्षसम्म क्यान्सरको लक्षण देखिन्छ कि देखिदैंन भन्ने हेरिएको थियो । अध्ययनमा सामेल गरिएकामध्ये जसले रातो मासु छाडी सेतो मासु नियमित खाने गर्थे उनीहरुमा कोलोन क्यान्सर ३०० प्रतिशतले बढेको पाइएको थियो । तर, सिमी, केराउजस्ता तरकारी कम्तीमा पनि हप्ताको दुईपटक खानेहरुलाई क्यान्सरको खतरा यस्ता खाना कहिल्यै नखानेलाई भन्दा ५० प्रतिशत कम भएको पाइएको थियो ।
बिफमा जत्तिकै कोलेस्टेरोल चिकेनमा पनि पाइन्छ । बिफमा भन्दा ग्रिल्ड चिकेनमा क्यान्सर गराउने तत्व हेक्टेरोसाइक्लिक एमाइन्स (एचसिएज) बढी पाइन्छ । हालै न्युजिल्याण्डमा गरिएको अध्ययनमा पनि मासु, माछाभन्दा चिकेनमा एचसिएज बढी भएको पाइएको थियो । अध्ययनहरुका अनुसार मुटुका लागि चिकेन रातो मासुजत्तिकै खतरनाक हुन्छ । कोलेस्टेरोलका सन्दर्भमा रातो मासु छाडी सेतो मासु खानुको कुनै अर्थ छैन । यस्तै, प्रशोधित मासुजन्य ससेज, बेकन, हामजस्ता खाद्य पदार्थले पनि पेट क्यान्सरको खतरा बढाउँछ । यस्तै, अर्को अध्ययनले दैनिक ३० ग्रामका दरले प्रशोधित मासु खाने क्रम बढाउँदै लैजाने हो भने पेटको क्यान्सर हुने सम्भावना १५ देखि ३८ प्रतिशतले बढ्दै जान्छ
ConversionConversion EmoticonEmoticon