The remaining installments immediately earthquake: Prime Minister

श्रावण २३, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो र बाँकी किस्ता समेत तत्कालै दिन गृहकार्य भइरहेको जानकारी दिएका छन् ।

‘भूकम्पपीडितका समस्या ढिलो नगरी सम्बोधन गर्न सरकारले अत्यधिक प्रयास गरिरहेको छ’, नेकपा (माओवादी केन्द्र) सम्वद्ध दोलखाको प्रतिनिधि मण्डलसँगको भेटमा दाहालले आइतबार भने । उनले आफू दोलखामै केही महिना अघि पुगेका बेला पीडितका समस्या बुझेको र आफूले बोलेको समेत स्मरण गर्दै अब त्यसको कार्यान्वयन गर्ने समेत बताएका थिए ।

पूर्व राज्यमन्त्री देवी खड्काको नेतृत्वमा पार्टीका जिल्ला अध्यक्ष विशाल खड्का, पत्रकार बलराम थापा, छिरिङ्ग शेर्पा, नविन कार्कीसहित टोलीले भेटी तामाकोशीबाट मन्थली जाने क्रममा ढोवीखोला पुल शनिवार बगाएकाले तत्काल बेलिब्रिजको व्यवस्था गर्न समेत माग गरेका थिए ।

त्यस्तै, भूकम्पको पुनर्निर्माणबारे निर्माण गरिएको कार्यविधि अनुदार भएकाले सहज बनाउन समेत माग गरेको थियो । ‘अझै पनि हजारौं पीडितको नाम छुटेको छ । मापदण्ड पनि पीडितलाई सहज बनाउने खालको छैन,’ जिल्ला अध्यक्ष खड्काले समस्या अवगत गराएका थिए ।

प्रधानमन्त्री दाहालले ती समस्या समाधनका लागि सम्बन्धित निकायमा तत्काल निर्देशन दिइने बताएका थिए ।
Previous
Next Post »