श्रावण २५, २०७३- चितवनको नारायणी नगरपालिका १ स्थित भंगामा एक पोथि गैंडा मृत भेटिएको छ । अन्दाजी १२ बर्ष उमेरको गैंडा सोमबार विहान मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार प्रारम्भिक अनुसन्धानले करेन्ट लागेर गैंडा मरेको पाईएको छ । 'गैंडाको पोष्टमार्ट रिपोर्ट आई सकेको छैन,' अर्यालले भनेे,' पोष्टमार्टम रिपोर्ट भोली आउंछ, घट्ना बारे अनुसन्धान भईरहेको छ ।'
उनका अनुसार गैंडाको खाग र खुर साथै पाईएको छ । होटल मेघौली सेराई ताज सफारी लजले जग्गा भाडामा लिएर राखेको हात्तीसार छेउमा गैंडा मृत फेला परेको हो । होटल मेघौली सेराइका कर्मचारी र स्थानीय सहित ९ जनालाई अनुसन्धानको क्रममा निकुञ्ज ल्याइएको पनि अर्यालले बताए । करिव ३ साता अघि पनि एक पोथी गैंडा सेतिदेवि सामुदायिक वनमा भालेको आक्रमणबाट मरेको थियो ।
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon