Rio Olympics 2 hundred and hundreds of skinny 6

काठमाडौं, २५ साउन - रियो ओलम्पिक खेल अहिले ब्राजिलको राजधानी रियो दे जेनेरियोमा जारी छ। अब करिब दुई साता चल्ने खेलमा नेपालले अझै आर्चरी, तेक्वान्दो,जुडो र एथलेटिक्स खेल्न बाँकी नै छ। अहिलेसम्म खेलेका खेलहरुमा नेपालले पदक दिलाउन नसकेपछि अन्य ओलम्पिकको तुलनामा नेपालको चर्चा यसपालि निकै बढेको छ।

सबैभन्दा कान्छी खेलाडी बनेर गौरिका सिंहले ओलम्पिकजस्तो बृहत मञ्चमा नेपालको नाम चुल्याइन्। भने अर्को तर्फ नेपालको राष्ट्रिय गानले पनि  नेपालको चर्चा अझ चुलिएको छ।

अन्तर्राष्ट्रिय मिडियाले नेपालको राष्ट्रिय गानलाई रियो ओलम्पिकको १० विशिष्ट र छुट्टै मौलिकता भएको संगीतको समूहमा राखेको छ। यस ओलम्पिकमा २ सय ६ राष्ट्र सहभागी छन्। प्रायः सबै देशको राष्ट्रिय गानको संगीत सैनिकहरूको कवाज र चर्चमा प्रार्थना गरेजस्तै सुनिन्छ।

नेपालको राष्ट्रिय गान भने रमाइलो नेपाली पप गीतजस्तै सुनिने भन्दै पत्रकार एलेक्स मार्सलले बिबिसीमा लेखेका छन्– नेपालको राष्ट्रिय गान क्यासियो किबोर्डमा सजिलै बजाउन सकिन्छ।

उनले निकालेको उत्कृष्ट राष्ट्रिय गानको सूचीमा रुस, बर्मा, इजरायल, कजाकिस्तान, ब्राजिल, चीन, माउरिटानिया, कङ्गो, पाराग्वे पनि छन्।

Previous
Next Post »