Rio Olympics Judoka phupulyamu landslides stage




एजेन्सीः रियो ओलम्पिकमा सहभागी नेपालकी जुडो खेलाडी फुपुल्हामु खत्री चार मिनेट म्याटमा टिकेपनि पहिलो चरणबाटै बाहिरिएकी छन् । मंगलबार साँझ भएको ६३ केजी तौल समूहको प्रतिस्पर्धामा खत्री क्युवाकी मारिसेट इस्पिनोसासँग पराजित भएकी हुन् । खत्री ११–०ले पराजित भएकी हुन् ।

हरेक खेलमा पूरै समय रिङमा टिक्ने लक्ष्य लिएकी फुपूले वाइल्ड कार्डमार्फत रियो ओलम्पिकको यात्रा तय गरेकी हुन् । उनले रियो ओलम्पिकको तयारीका लागि ६ महिना हंगेरीमा ओलम्पिक छात्रवृत्तिमा अभ्यास र प्रशिक्षणको मौका पाएकी थिइन् । फुपूले १२ औं सागमा जुडोमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।
Previous
Next Post »