Second South Asian Taekwondo team

भारतको बैंग्लोरमा भएको पाँचौँ दक्षिण एसियाली आमन्त्रण आइटिएफ तेक्वान्दो च्याम्पियनसिमा नेपाल टिम दोस्रो भएको छ ।


नेपालले कुल १२ पदक हात पार्दै प्रतियोगितामा दोस्रो स्थानमा रह्यो । नेपालले चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक हात पारेको दक्षिण एसियाली आइटिएफ तेक्वान्दोका उपाध्यक्ष तथा नेपाल आइटिएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमलाले जानकारी दिनुभयो ।

नेपालका लागि सोनी खड्काले दुई स्वर्ण तथा पूजा खुलाल मगर र वीरेन्द्र कुँवरले समान एक–एक स्वर्णपदक हात पारे । सोनीले प्याट्रन र फाइट दुवै विधामा स्वर्ण जितिन् ।

महिलातर्फ ब्लाक बेल्ट तेस्रो डानको प्याट्रन र फाइटको ४७ केजीमुनि तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन् । प्याट्रनमा सोनीले भारतीय खेलाडी इलिना घोसलाई हराउँदै नेपाललाई स्वर्ण दिलाइन् ।

फाइटतर्फबाट पुजाले ९४७–५२० र वीरेन्द्रले ९४७–५२० तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका थिए ।

त्यसैगरी फाइटमै आशिष कार्की, मनोज खड्का, दीपक गौतम र सुवास आलेमगरले रजत पदक जितेका छन् । प्याट्रनको पहिलो डानमा पूजा खुलाल मगरले रजत पदक जितिन् ।

आशिष कार्कीले तेस्रो डानको प्याट्रनमा पनि रजत पदकमा हात पारे । सेमिफाइनलमा अफगानिस्तानका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका कार्की फाइनलमा भारतीय खेलाडीसँग पराजित भएपछि रजतमै चित्त बुझाउन बाध्य बने ।

सोही स्पर्धामा दिलेन राई, वीरेन्द्र कुँवर र दीपक गौतमले कास्य पदकमै चित्त बुझाए । उक्त प्रतियोगितामा नेपालका १० खेलाडीले भाग लिएका थिए । रासस
Previous
Next Post »