ज्योतिष विद्यामा हाम्रो परिवारको २२ पुस् तादेखि विशेष लगाव थियो । राणा शासकका खोपी, निजी ज्योतिषी र कार्यालयको जिम्मेवारी सम्हालेर बस् ने हाम्रै परिवारका सदस्य थिए । रोलक्रमका राणा परिवारमा दीक्षित परिवारले आ–आफ्नो भाग लगाएका थिए । त्यसमध्ये मेरा हजुरबुबा चन्द्रशमशेरको दरबारमा थिए भने साहिँला काका हजुरबुबा सदाशिव आचार्य दीक्षित भीमशमशेरकोमा । त्यसै गरी अन्य काका हजुरबुबाहरू वीरशमशेरका रोलक्रमका १७ भाइ छोराको दरबारमा थिए ।
राणा शासनमा आफन्तको हत्या गरेर शासन सत्ता हत्याएका प्रशस्त उदाहरण छन् । वीरशमशेरलाई गद्दी आरोहण गराउने क्रममा रणोद्दीप सिंहको हत्या पनि साइत र तिथि हेराएरै गरिएको थियो । त्यो साइत पनि हाम्रै परिवारका सदस्य शिरोमणि आचार्यले हेरेका थिए । बेलुकाको साइत निकालेर चार जना वीरशमशेर, चन्द्रशमशेर, खड्गशमशेर र भीमशमशेर बेलायतबाट झिकाइएका बन्दुक स् वदेश आइपुगेकाले श्री ३ लाई देखाउने निहुँ पारेर रणोद्दीपको हत्या गर्न पुगेका थिए । चन्द्रशमशेरले गोली हान्ने पूर्वसमझदारी भए पनि घटनास् थलमा पुग्दा नपुग्दै उनको मन परिवर्तन भएछ । उनले श्रीमती रजस् वला भएकीले आफूले गोली चलाउन नहुने जानकारी गराएपछि भीमशमशेरले चलाएको गोलीले रणोद्दीपको ज्यान गयो र उनको शवलाई भर्याङबाट घिसारेर तल पुर्याइएको थियो ।
उपयुक्त ढंगले हत्याको साइत हेरेको र आफू श्री ३ महाराजको गद्दीमा आसीन भएपछि गोत्रहत्याको गोप्य प्रायश्चित्त स् वरूप वीरशमशेरले हाम्रो परिवारलाई यज्ञ गर्न भनेर झन्डै चार लाख रुपियाँ उपलब्ध गराएका रहेछन् । सोही रकमले सन् १८९७ देखि १९०१ सम्मको अवधिमा भारतको बनारसमा भव्य रूपमा अग्निष्टोम, चातुर्मास् य, सोम र चैन यज्ञ वैदिक विधिपूर्वक भग्य रूपमा सम्पन्न गरिएको रहेछ । अन्तिमचाहिँ चैन यज्ञ थियो र त्यसमा भारतको कश्मीरदेखि कन्याकुमारीसम्मका पुरेत–ब्राह्मणले भाग लिएका थिए । त्यही यज्ञका दौरान जन्म भएकाले मेरा काहिँला काकाको नाम नै यज्ञमणि राखिएको रहेछ । यज्ञका क्रममा हाम्रा जिजुहजुरबुबालाई बनारसस् िथत रामकटोरामा रहेको घरबाट पञ्चगंगा घाटमा लगेर स् नान गराई ‘दीक्षित’ उपमा दिइएको थियो । हामी आचार्य ब्राह्मणले दीक्षित उपमा लेख्न थालेको त्यही यज्ञपछि हो । जेठा काका राममणि दीक्षितले शिरोमणिबाट आफ्नो नाममा मणि शब्द जोड्न पुगेपछि हाम्रा परिवारका पुरुष सदस् यले त्यसलाई पछ्याएका हुन् ।
रणोद्दीपको हत्या घटनाका फड्के किनाराका साक्षीका रूपमा रहेका चन्द्रशमशेरले आफ्नै भाइ भीमशमशेर आफ्नो हत्या गर्न उद्यत होलान् भनेर कल्पना पनि गरेका थिएनन् । ठूलोबुबाको हत्या गर्न सँगसँगै बन्दुक बोकेर गएका सहोदर भाइ भीमशमशेरले आफ्नै हत्या गर्ने साजिस गर्न सक्छन् भन्ने पनि चन्द्रशमशेरले सोच्न सकेनन् । त्यस् तो सोचेको भए आफ्ना पूर्वजले आपत्कालीन अवतरणका लागि भनेर निजी निवासको झ्यालमा हरदम झुन्ड्याएर राख्ने डोरी उनले निकाल्न लगाउने थिएनन् ।
त्यति बेला श्री ३ हरूको सुरक्षा व्यवस् था ज्यादै कडा थियो र घरबाहिर आक्रमण हुने सम्भावना ज्यादै न्यून रहन्थ्यो । त्यसैले आफन्तमध्येकै कसैले घरभित्र पसेर आक्रमण गर्न खोज्यो र ज्यानको खतरा देखियो भने सुरक्षित रूपमा त्यसबाट उम्किनका लागि भनेर हरेक श्री ३ ले निजी निवासको झ्यालको फलामे डन्डीमा एउटा डोरी झुन्ड्याएका हुन्थे । आपत् केही पर्यो भने त्यसको सहायताले तुरुन्त सुरेली मारेर तल झर्न सकियोस् भनेर । तर, चन्द्रशमशेरले आफ्ना भाइ–छोरामा विश्वासको वातावरण जगाउनका लागि त्यस किसिमको डोरी निकाल्न लगाएका थिए ।
दुर्भाग्य के भने तिनै चन्द्रशमशेरलाई मार्न भनेर भीमशमशेरले मेरा साहिँला काका हजुरबुबालाई ‘महत्त्वपूर्ण र उपल्लो दर्जाका विशिष्ट व्यक्तिको हत्या गर्नुपर्यो भने कुन विधि र उपाय अवलम्बन गर्नुपर्ला ?’ भनी सोधेका रहेछन्, चन्द्रशमशेरको नाम नलिईकन । ‘पात्रो हेरेर सबै कुरा जाहेर गर्नेछु’ भनी उनी दरबारबाट बाहिरिएपछि सीधै आफ्ना दाजु अर्थात् मेरा हजुरबुबाकहाँ आएका थिए ।
छलफलका क्रममा मेरा हजुरबुबाले ‘उपल्लो तहका व्यक्तिको मृत्यु कामनाका लागि मारणतन्त्रको विधि शास् त्रमा उल्लेख भएको’ जानकारी गराउँदै माता दक्षिणकाली र भारतको कामाक्षादेवीलगायतका मन्दिरमा पुगेर केही विधि अवलम्बन गर्न सके त्यस् तो मनोकांक्षा पूरा हुने कुरा बताएका थिए । काका हजुरबुबाले त्यही कुरा भीमशमशेरलाई सुनाएछन् । त्यसपछि भीमशमशेरले चन्द्रशमशेरको मृत्यु–कामना गर्दै त्यही विधि व्यवहारमा उतार्न थाले र आफ्ना नजिकका मानिसहरूलाई माता दक्षिणकाली र भारतका विभिन्न ठाउँमा पठाएर हत्या षड्यन्त्रका तानाबाना बुन्न थाले । माता दक्षिणकाली र भारतको राजस् थान, अजमेरको मुस् िलम दरगाहमा तन्त्र गर्न भनेर भीमशमशेरले आफ्ना मानिस पठाए ।
त्यसो त गुप्तचरीमा चन्द्रशमशेर पनि कम थिएनन् । उनले पनि दरबारभित्र एकाएक बढ्न थालेका भीमशमशेरका गतिविधिलाई नजिकबाट नियाल्न थाले र आफूविरुद्ध षड्यन्त्रका जालझेल रचिरहेको थाहा पाए । चन्द्रशमशेरले मेरा हजुरबुबालाई बोलाएर यसबारेमा कुरा गरेपछि काका हजुरबुबाले विशिष्ट व्यक्तिको मृत्यु कामनाका निम्ति सोधेको प्रश्न अरू कसैका निम्ति नभएर श्री ३ चन्द्रशमशेरकै लागि रहेछ भन्ने सार्वजनिक हुन पुगेको थियो । ती हत्या–षड्यन्त्रका जालझेल विफल पार्न चन्द्रशमशेरले आफू नजिकका मानिसहरू प्रयोग गरेका थिए ।
ConversionConversion EmoticonEmoticon