Rio won the Olympics brave

नेपालका आर्चरी जीतबहादुर मोक्तान स्वर्ण पदकका लागि मंगलबार साँझ भिड्दै छन् । ७० मिटर पुरुष आर्चरी प्रतिस्पर्धामा उनले पहिलो खेल भारतका अतानु दाससँग खेल्नु पर्नेछ । उनको खेल नेपाली समयअनुसार साँझ ५ बजेर २१ मिनेटबाट सुरु हुनेछ । मोक्तानले र्याङकिङ राउन्डअन्तर्गत शनिबार भएको खेलमा ६ सय ७ स्कोर गर्दै ६० औं स्थानमा आफूलाई उभ्याएका थिए । ३६ वर्षीय नेपाली आर्चरले भारतका अतानुलाई अंकमा पछाडि छोडेको खण्डमा उनी अन्तिम १६ मा प्रवेश गर्नेछन् । उनले फाइनल चरणमा स्थान बनाउन अन्तिम १६ बाट पनि छनोट हुनु पर्नेछ । भारतका अतानु हाल र्या्किङमा ५ औं स्थानमा छन् ।


उनले र्यािकङ राउन्डमा ६ सय ८३ स्कोर गरेका थिए । स्वर्ण पदकका लागि मंगलबार भिड्नुअघि मोक्तानले २ दिन रियोमै अभ्यास गरेका छन् । मोक्तानको सबैभन्दा राम्रो प्रदर्शन ६ सय ४२ को छ । उनले गत वर्ष बैंककमा भएको एसियन च्याम्पियनसिपमा यो प्रदर्शन गरेका हुन् । त्यस्तै फुपूल्हामु खत्रीले रियो ओलम्पिकको पहिलो चरणमा मरिसेट इस्पिनोसासँग मंगलबार प्रतिस्पर्धा गर्ने भएकी छन् । १२ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्णपदक जितेकी फुपूले ६३ केजीमुनिको स्पर्धामा मंगलबार खेल्नेछिन् । यो स्पर्धामा रियोमा ३६ खेलाडी सहभागी छन् ।


क्युबाली खेलाडीलाई पराजित गर्नसके उनी अन्तिम १६ मा प्रवेश गर्ने्छिन् । ओलम्पिक छात्रवृत्तिअन्तर्गत हंगेरीको राजधानी बुडापेस्टमा पाँच महिना ट्रेनिङ गरेपछि फुपूको खेल स्तरले उनलाई जितको लागी सहउोग गर्ने भनाई छ । दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा दुई पल्ट रजतपदक पनि हात पारेकी २१ वर्षीया फुपूले रियो ओलम्पिकमा केहि आशा देखाएकी छिन् ।

रियोतर्फ लाग्नुअघि फुपूले ओलम्पिकमा ५ मिनेट ९पूरा खेल अवधि टिक्ने आफ्नो लक्ष्य भएको बताएकी थिइन् र ट्रेनिङ पनि सन्तोष जनक र केहि फरक रहेको बताएकी छिन् । फुपू र इस्पिनोसाबीचको विजेताले दोस्रो चरणमा विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी इजरायली यार्डेन गेर्बीको सामना गर्नेछन् ।

महिला र पुरुषका ७–७ गरी कुल १४ स्पर्धा समावेश जुडोमा १ सय ३६ देशका ३ सय ९० खेलाडी छन् । त्यस्तै सिरिष गुरुङले पनि मङगलबार पुरुष १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दैछन् । उनले रियो ओलम्पिकका लागी नौ महिना देखि बैङककमा तालिम लिएका थिए । उनको हिट प्रतिस्पर्धामा ८ जना खेलाडि छन् । शिरिषले ४५ पटक राष्ट्रिय किर्तीमान तोडेका छन् ।
Previous
Next Post »