भदौ, काठमाडौं ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई धोका दिएको बताएका छन् । सरकारलाई समर्थन गर्ने बेलामा प्रचण्ड र आफूबीच भएको सहमतिलाई प्रधानमन्त्रीले वेवास्था गरेको पार्टीभित्र गुनासो गर्न थालेका छन् ।
सहमति अनुसार फोरम गच्छदारलाई प्रचण्डले उपप्रधान सहित दुई मन्त्रालय दिने भद्र सहमति भएको थियो, तर प्रचण्डले के कारणले कार्यान्वयन गर्नु भएन, गच्छदारको भनाई उदृत गर्दै फोरम लोकतान्त्रिकका एक नेताले भने,‘हामीलाई उप्रधानमन्त्री बन्न नदिन मधेसी मोर्चा र कांग्रेसले भिलेन खेल्यो ।’
दोस्रो पटकमा परेनन गच्छदार
पहिलो मन्त्रीमण्डलमा भन्दा पनि गच्छदारले दोस्रो पटकका मन्त्रिमण्डल विस्तार गर्दा प्रचण्डले आफ्नो पार्टीलाई सरकारमा सहभागी गराउने आशा गरेका थिए । दोस्रो पटक मन्त्रीमण्डलमा नपरेपछि प्रधानमन्त्री प्रचण्ड र गच्छदारको बीचमा छलफल पनि भएको थियो । भेटमा प्रचण्डले कांग्रेस र मधेसी मोर्चाका नेताहरुको कारण व्यवहारिक कठिनाई भएको जवाफ दिएको चर्चा फोरम लोकतान्त्रिक भित्र चल्न थालेको छ । उप्रधानमन्त्री नपाएसम्म गच्छदारले सरकारमा सहभागी नहुुने अडान राख्दै आएका छन् । प्रचण्डले पार्टीको तर्फबाट मन्त्री मात्र पठाउन आग्रह गरेपछि गच्छदारलले अस्वीकार गरेको बताइएको छ ।
८ सहमति पालना नभए समर्थन फिर्ताः चौधरी
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले आठ बुँदे सहमति प्रधानमन्त्री प्रचण्डले कार्यान्वयन नगरे प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।
उनले नबोलाइकन नैै सरकारमा जाने अवस्था नरहेको बताउने भने, ‘८ बुँदे सहमति कार्यान्वय गरे सरकारलाई दिएको समर्थन कायम रहन्छ ।’ महासचिव चौधरीले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनु पर्ने, कैलाली र कञ्चनपुरको बारेमा स्पष्ट मार्गचित्र आउनु पर्ने, आन्दोलनको क्रममा घरम लजाइएका पीडितहरुलाई क्षतिपूर्ति दिनुपर्ने लगायतको माग सम्बोधन गर्नुपर्ने बताए ।
ConversionConversion EmoticonEmoticon