![]() |
लुटनका लागि ठाउँ अनुसार छुट छ नेपालमा । देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल ठाउँ नै विशिष्ट परेकोले होला यहाँ हरेक वस्तुको भाउको सम्बन्ध डलरसंगै हुन्छ । विमानस्थलको क्यान्टिन र वाहिर रहेको पसलको मूल्यसूची हेर्दा विमानस्थलको व्रम्हलुटले जो कोहीलाई तर्साउँछ । त्यसमा नागरिक उड्डयन प्राधिकरणको समेत साथ पाएपछि उनीहरुलाई लुटनका लागि छुट भएजस्तो देखिन्छ ।
आइतवार आपूर्ति व्यबस्था तथा उपभोकता हित संरक्षण विभागले त्रिभुवन विमानस्थलमा रहेका पसल र क्यान्टिनको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपभोग्य बस्तुको मूल्य वाहिर बजारमा भन्दा निक्कै चर्को लिएको पाइएको हो । बिमानस्थल भित्रका पसलहरुमा मिनिरल वाटर लगायत अन्य उपभोग्य बस्तुको मूल्य दोब्बर भन्दा बढी लिएको भेटिएको छ । विमानस्थलको गेटमै २० रुपैयाँ पर्ने पानीलाई विमानस्थलभित्र ५० रुपैयाँमा यात्रुहरुले किन्नुपर्ने बाध्यता पाइयो भने चाउचाउ,कुरकुरे लगायतका खाद्य सामाग्रीहरुको मूल्य पनि दोब्बर भन्दा बढी पाइएको हो । नागरिक उडड्यन प्राधिकरणले ठेक्कामा दिएको विमानस्थलभित्रका यी पसलहरुमा बर्षौदेखि यसरी नै ब्यापक कालोबजारी हुँदा समेत सम्बन्धित निकायहरु मौन रहँदै आएको छ । विमानस्थल भित्रको क्यान्टिनमा त अझ बढी ब्रम्हलुट देखियो । एक कप कफीको २ सय ४५, एउटा एक लिटर मिनरल वाटरको सय रुपैयाँसम्म लिने गरेको पाइएपछि विभागले कागजात सहित सोमवार उपस्थित हुन पत्र काटेको छ । अनुगमनमा गएका सरकारी अधिकारीहरुले विमानस्थलमा औपचारिक प्रतिक्रिया दिन मानेन् तर अनुगमनमा संग्लन भएका एक जना उपभोक्ताकर्मी रन्जन खनालले यो कालोबजारीको चरम रुपम भएको बताउँनुभयो । तर आफूहरुले सिलबन्दी गर्न चाहदा चाहदै पनि विमानस्थल भएकाले गर्न नसकिएको उहाँको भनाइ थियो ।
देशको एकमात्र अन्र्तराष्ट्रिय विमानस्थलमा भइरहेको व्रम्हलुटले देखाउँछ कि लुटका लागि कतिसम्म छुट छ यो देशमा । अन्र्तराष्ट्रिय क्षेत्रबाट आउने यात्रुहरु नै विमानस्थलमा लुटमा पर्ने भएकोले यस्तो धन्दा तत्काल बन्द हुनुपर्ने उपभोक्ताकर्मीहरु बताउँछन् । देशकै इज्जत र प्रतिष्ठासँग जोडिएको विमानस्थलमा सरकारी निकायकै प्रत्यक्ष निगरानीमा भइरहेको व्रम्हलुट रोक्न अब सरकार आफैं गभ्भीर हुनुपर्छ ।
![]() |


ConversionConversion EmoticonEmoticon