Jeep accident 9 death


भाद्र १२, २०७३- अर्घाखाँचीको हंसपुरमा जिप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोटतर्फ जाँदै गरेको लु १ ज ४८७८ नम्बरको जिप अर्घाखाँचीको रतनमारे नजिकै आइतबार दिउँसो तीन बजेतिर दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको उद्धारमा खटिएका प्रहरी जवान कुलचन्द्र पोखरेलले बताए । ६ जना गम्भीर घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कतर्फ ल्याइँदैछ ।

जिप सडकदेखि ७ सय मिटर तल खसेको छ । घटनास्थल अर्घाखाँची सदरमुकामदेखि करिब ३० किलोमिटर पश्चिममा पर्छ । घटनास्थल जंगलसहितको भीर भएकाले उद्धार गर्न कठिनाई भएको प्रहरीले जनाएको छ ।

थप विस्तृप्त विबरण आउन बाँकी छ ।

Previous
Next Post »