According to the Hindu religion, which seeks to put on?


जनै किन धारण गरिन्छ सनातन धर्मका २४ संस्कारहरूमध्ये एक उपनयन संस्कार’ अन्तर्गत नै जनै धारण गरिन्छ । यसलार्इ यज्ञोपवीत संस्कार’ पनि भनिनछ। मुण्डन गर्नु र पवित्र जलमा स्नान गर्नु पनि यस संस्कारका महत्वपूर्ण अंग हो।


प्राचीनकालमा पहिले शिष्य, सन्त तथा ब्राह्मण बनाउनका लागि दीक्षा दिने प्रचलन थियो। यही दीक्षा क्रममा नै एक जनै धारण गर्नु पनि अनिवार्य नै थियो। प्राचीनकालमा गुरुकुलमा दीक्षा लिने वा संन्यास ग्रहण गर्नु पूर्व यो संस्कार गर्ने पराम्परा थियो । यज्ञोपवीतलार्इ व्रतबन्ध पनि भनिन्छ। व्रतहरूले नबाँधीकन मनुष्यको उत्थान सम्भव हुँदैन। यज्ञोपवीतलार्इ व्रतशीलताको प्रतीक मानिन्छ। त्यसैले यसलार्इ सूत्र फर्मूला, सहारा पनि भन्न सकिन्छ। धर्मशास्त्रहरूमा यम नियमलार्इ पनि व्रत मानिएको छ। बालकको आयुवृद्धि हेतु गायत्री तथा वेदपाठको अधिकारी बनाउनका लागि पनि उपनयन जनै संस्कार अत्यन्त आवश्यक छ। दीक्षा दिनु दीक्षा दिने प्रचलन वैदिक ऋषिहरूले प्रारम्भ गरेकाथिए।

प्राचीनकालमा पहिले शिष्य र ब्राह्मण बनाउनका लागि दीक्षा दिइन्थ्यो। माता पिता जब आफ्ना सन्तानलार्इ शिक्षा ग्रहण गर्न पठाउँथे तब उनीहरूलार्इ दीक्षा गराइन्थ्यो । सनातन धर्म अनुसार दिशाहीन जीवनलार्इ दिशा दिन पनि दीक्षा आवश्यक छ । दीक्षा एक शपथ, एक अनुबन्ध तथा एक संकल्प हो। दीक्षापछि मात्रै व्यक्ति द्विज बन्दछ। द्विजको अर्थ अर्को जन्म एवं अर्को व्यक्तित्व हो । अन्य धर्ममा यो संस्कार हिन्दू धर्मद्वारा प्रेरित यो उपनयन संस्कार अन्य सबै धर्ममा पाइन्छ। यो दीक्षा दिने परम्परा प्राचीनकालदेखि नै छँदै थियो तथापि कालान्तरमा अन्य धर्ममा दीक्षालार्इ आफ्नो धर्ममा धर्मान्तरण गर्नका लागि प्रयुक्त गरिन लाग्यो। यो सनातन आर्य संस्कारलार्इ प्रायः सबै धर्ममा कुनै न कुनै कारणवश भिन्न भिन्न रूपमा अपनाएको पाइन्छ। जस्तो भनूँ मक्कामा काबाको परिक्रमा पूर्व यो संस्कार गर्ने चलन पाइन्छ।

सारनाथमा अवस्थित अति प्राचीन बुद्धको प्रतिमालार्इ सूक्ष्म निरीक्षण गर्दाखेरि बुद्धको छातीमा यज्ञोपवीतको सूक्ष्म रेखा देखिन्छ। जैन धर्ममा पनि यस संस्कारलार्इ ग्रहण गरिएको छ। वित्र मेखला अधोवसन लुंगी को सम्बन्ध पारसीहरूसँग पनि छ। सिख धर्ममा यसलार्इ अमृत सञ्चार भन्दछन्। बौद्ध धर्मबाट यस परम्परालार्इ इसाई धर्मले अपनाय जसलार्इ उनीहरू बपस्तिमा भन्दछन्। यहुदी र इस्लाम धर्ममा खतना गरेर दीक्षा दिइन्छ। जनै धारण गर्नाका ९ फाइदाहरू मदिरा र मासु परित्याग गरेर सादा जीवन व्यतीत गर्न चाहने हरेक सनातन धर्मावलम्बीले जनै धारण गर्नपर्छ । अब आउनुहोस् जनै धारण गर्दाका ९ फाइदाहरू के के हुन् त्यस सम्बन्धमा विस्तृत जानकारी हासिल गरौँ । जनैका नियमहरू पालना गर्नाले तपाइँ निरोगी बन्न सक्नुहुनेछ ।

१.जीवाणु कीटाणुबाट बचावट जुन मानिस जनै धारण गर्दछ र यससँग जोडिएका नियमहरू पालन गर्दछ उक्त मानिस मल मूत्र त्याग गर्ने बेलमा
आफूनो मुख बन्द गर्छन् । यसो गर्नाले मानिसहरू फोहोर स्थानमा पाइने जीवाणु र कीटाणुहरूको प्रकोपबाट सजिलै बच्न सक्छन् ।
२. किड्नीको सुरक्षा जनै धारण गरेसँगै बसेर नै जलपान गर्नुपर्छ अर्थात् उभिएर पानी खानु हुँदैन । यसरी नै बसेर नै मूत्र त्याग गर्नुपर्ने भन्ने नियम पाइन्छ। यी दुइटा नियमहरूको पालन गर्नाले किड्नीमा प्रेसर पर्दैन । जनै धारण गर्दा यी दुबै नियमहरू अनिवार्य हुन्छन् ।
३. हृदय रोग तथा ब्लडप्रेसरबाट बचाउ शोधानुसार मेडिकल साइन्सले पनि के पत्ता लगाएको छ भने जनै धारणहरूलार्इ हृदय रोग र ब्लडप्रेसरको आशंका अन्य मानिसहरूको तुलनामा कम हुन्छ । जनैले शरीरमा रक्त प्रवाहलार्इ पनि नियन्त्रण गर्न मद्दत गर्दछ । चिकित्सकका अनुसार जनै हृदय हुँद्रे तलतिर धारण गरिने हुनाले यसले हृदय रोगको सम्भावना कम गर्दछ किनभने यसले रक्त सञ्चार सुचारू रूपबाट सञ्चालित गर्न सहयोग पुर्याउँछ
४ . घुर्ने बानीको अन्त्य स् जनै धारण गर्ने मानिसको घुर्ने सम्भावना अत्यन्त कम हुन्छ किनभने जनै लगाउने मानिसले लघुशंका अर्थात्
पिसाब फेर्दा दाह्रा किटेर फेर्नुपर्छ । यसो तात्पर्य के हो भने मल मूत्र त्याग गर्ने बेलामा दाह्रा किटेर गर्ने मानिसको घुर्ने काम गर्दैन ।
५ .।कब्जियतबाट छुटकारा स् जनैलार्इ कानमाथि कसेर बाँध्ने नियम छ । यसो गर्नाले कान हुँदै गुज्रिने ती नसामाथि पनि दबाव पर्दछ, जसको संबंध सोझै आन्द्रासँग हुन्छ। यी नसामा दबाव पर्नाले कब्जियत हुँदैन। पेट सफा भयो भने शरीर र मन दुबै स्वस्थ हुन्छ ।
६. शुक्राकीटको रक्षा स् दाँया कान हुँदै जाने नसाहरूको सम्बन्ध अंडकोष र गुप्तेंद्रियसचँग हुन्छ । मूत्र त्याग गर्ने बेला दाँया कानमा जनै सिउरिनाले ती नसाहरूमा दबाब पर्दछ जुन नसाहरूबाट वीर्य निस्कन्छ। यस्तो ज्ञात अज्ञात शुक्राकीटहरूको रक्षा हुन्छ। यसबाट मानिसको बल तथा तेज वृद्धि हुन्छ।
७. स्मरण शक्तिको रक्षा स् कानमाथि प्रत्येक दिन जनै राख्ने र कस्ने गर्नाले स्मरण शक्तिको क्षय हुँदैन। यसबाट स्मृति कोष बढ्दछ। कानमा
दबाव पर्नाले दिमागका ती नसाहरू सक्रिय हुन्छन् जसको सम्बन्ध स्मरण शक्तिसँग हुन्छ। वास्तवमा गल्ती गर्दा बच्चाहरूको कान निमोठ्ने कारण यही भएर नै हो ।
८.आचरणको शुद्धताले बढ्छ मानसिक बल स् काँधमा जनै छ भन्ने कुराको एहसास मात्रैले पनि मानिस खराब आचरण गर्नबाट हच्किन्छ ।
पवित्रताको एहसास भएमा आचरण शुद्ध हुनेछ। आचरणको शुद्धताले मानसिक बल बढ्दछ।
९.दुष्ट आत्माहरूबाट रक्षा स् हाम्रो मान्यता के छ भने जनै धारण गर्ने मानिसका वरिपरि खराब आत्माहरू भड्किन आउँदैनन्। यसको कारण के हो भने जनै धारण गर्ने मानिस आफैँ पवित्र आत्म रूप बनेको हुन्छ र त्यसमा स्वतस् आध्यात्मिक ऊर्जाको विकास भएको पाइन्छ।
किन कानमाथि जनै सिउरिने स् मल-मूत्र विसर्जनभन्दा पूर्व जनैलार्इ कानमाथि कसेर दुर्इचोटी बाँध्नुपर्दछ ।यसबाट कानका पछाडिका दुर्इ नसा
जसको सम्बन्ध पेटका आन्द्रासँग हुन्छ र यसरी आन्द्रामा दबाब पारेर त्यसलार्इ पूरा खोली दिन्छ । यसबाट मल विसर्जन सजिलोसँग हुन्छ । तथा कानसँगै रहेको एउटा नसबाट मल-मूत्र विसर्जनको बेलामा केही द्रव्य विसर्जित हुन्छ। जनैले त्यसको वेग रोकिदिन्छ जसबाट कब्जियत, एसीडीटी, पेट रोग, मूत्रन्द्रीय रोग, रक्तचाप, हृदय रोगसहित अन्य संक्रामक रोग लाग्न पाउँदैन। जनै सम्बन्धी यो सामग्री यहाँसमक्ष प्रस्तुत गरिएको छ ।


Previous
Next Post »