Bagmati Rafting (Photos)


११, २०७३- कुनै बेला फोहोरले डुङ्डुङ्ती गन्हाउने बागमती नदिको अवस्था अहिले फेरिएको छ । पानीभन्दा बढी फोहोर बग्ने वागमतीमा अहिले सुधारको संकेत देखिन थालेको छ । केही वर्षयता गरिएको वागमती सफाई अभियानअन्तर्गत वागमती सफा हुँदैछ ।




वागमती सफाई अभियानअन्तर्गत नै शनिबार जोरपाटीदेखि गुहेश्वरीसम्म र्‍याफ्टिङ गरिएको थियो । वागमती सफाई अभियानकर्ता, कलाका, विदेशी कुटनीतिज्ञ, शसस्त्र प्रहरीका अधिकारी, नेपाली सेनाका अधिकारीले वागमतीमा र्‍याफ्टिङ गरेका हुन् ।



वागमती सफाई अभियानले हरेक वर्ष वागमती सफाइको लागि जनचेतना बढाउन यस्तो र्‍याफ्टिङ गर्ने जनाएको छ । गतवर्ष पनि वागमतीमा यस्तै खालको र्‍याफ्टिङ गरिएको थियो ।




Previous
Next Post »