![]() |
देशमा लामो समयको द्वन्द पछी पहिलो संविधानसभाको चुनाव चल्दै गर्दा म मलेशिया भास्सियको २ वर्ष हुँदैथियो । मन त थिएन घर र देश छोडेर पराई मुलुक भासिन तर, देशको अवस्था र घरको स्थीतीले गर्दा मलाई बाध्य तुल्यायो १४ महीने काखे बालक छोडेर जान ।
चुनाव पछी एक किसिमको नयाँ माहौल आयो नेपालमा । अब नेपालमा केही हुन्छ, केही गर्छन् विशेष हामीजस्ता युवाहरुका लागी धेरै ढोकाहरु खुल्नेछन् । मेरो पसिना मैले यो मुलुकमा हैन, मैले मेरै देशमा बगाउनु पर्छ । हाम्रो देशका केही अग्रपंथी नेतृत्वले स्विट्ज़रलैंड बनाउने सपना देखेकाछन् । त्यो सपना पुरा गर्न म जस्ता युवाहरुको खाँचो छ मेरो मेरो देशलाई ।
मलाई बोलाउदै छ मेरो मातृभूमिले म जानुपर्छ । ३ वर्षको भिजा थियो । २ वर्षमा नै भिजा क्यानसील गरी आफ्नै पैसाले प्लेन टिकट काटेर म गए नेपाल । नया नेपालको टेको बन्न अथाह जोश र जाँगर बोकी । तर खासै परिवर्तन पाईन मैले जब म काठमांडू पुगे । सरकारमा थिए केही नयॉ अनुहार । सडकमा थिए त तिनै पुराना जनता । केहीले भनी जात परिवर्तन गरेका ।
नयॉ नेतृत्वको जात । बॉकी सबै उस्तै । काठमांडूको केही दिनको बसाईपछी धर पुग्दा खुसीको सिमानै रहेन । अनी थाह पाएँ परिवर्तन भएछ त केवल मेरो परिवारको अनुहारमा । मेरी आमा मुस्कुराउदा अली धेरै मुजापर्न थालेछन् आँखा छेउका छालाहरु । खिस्स हॉस्दै टुकुटुकु हिड्नी छोरो लजाउदै खुररर दौड्ने भएछ । प्रियाको त कुरै नगरौं, हातका नंग्रा खिईयका भयतापनी अनुहारमा भने पहिलेकै झैं रस भरिएछ ।
देशका निम्ती पसिना बगाउनभनी १ वर्षसम्म अवसर खोजी हिंडे तर, उही पुरानै रुप, निरासजनक उपलब्धि । लामो समयको असफल दौडाह पछी सोचें म आफ्नै ब्यवसाय गर्छु । भोकालाई खान दिन्छु, बटुवालाई बासदिन्छु । अनी गाउँको बजारमा खोले होटल एण्ड गेष्टहाउस ।
सुरुसुरुमा त राम्रै चल्यो, स्याबासी पनी पाए, पैसा मै सही, काम धर्म कै थियो ईश्वरले पनी कृपादृष्टी गरे केही समय । केही समय पछी भने भोका हैनन् प्यासीहरु धेरै आउनथाले, बटुवा हैनन् रैथाने । मलिला प्यासी आई दिएको भए पनी ठिकै थियो, आए त केवल रुखा प्यासी, मात्र सोमरस पिउनी रुखा । ब्यवसाय अली अप्ठ्यारै चुनेछु क्यारे१ सेवा दियो मेवा पाईन । दिईसके पछी फिर्तापनी लिन नसकिनी । धेरै कसिम साउ गर्नुपनी नमील्नी । कोही ठुला बडा त कोही आफ्नै साथीभाई । तिम्रो पतीले खाको उधारो देउन भन्दै घरघरमा उठाउन जानपनी नसकिनी । उल्टै लाठो लाउलान भन्नी डर ।
उधारोले जहाज डुब्दै थियो । यत्ती कैमा दोस्रो संविधानसभाको चुनावको लहर छायो । बजारमा चहल पहल बड्न थाल्यो, मनमा आशाका किरणहरु जाग्नथाले। लाग्यो अब त तैरिन्छु । ३ वटा पार्टीको हजारौं कार्यकर्ता र नेताको सेवा गरे । उपलब्धि शून्य जस्तै । एउटा पार्टीले सेवा वापतको मेवा दियो तर दुई वटाले लोप्पा ख्वाइदीए। अब मेरो जहाज तैरिनीको त कुरै छाडौं, हिजोसम्म डुबेको मात्र थियो, अब त अस्तित्व नै मेटीनी भयो!
सोचें अब के गरौंरु मैले यो ५ वर्षमा धेरै कुराहरु गुमाएँ। समय, सम्पती अनी अरु केके केके।।।।। उपलब्धि थियो त केवल २ वर्षें छोरी । मेरो जहाज डुब्नुमा म दोषी हैन, दोषी ती हुन जस्ले म जस्ता हजारौं युवाहरुलाई झुटो आश्वासन दिएर नेपाल फर्कन उक्साय, अपराधी ति हुन जस्ले नेपाल मै केही गर्न खोज्दा खोज्दै फेरी बिदेसीन बाध्य तुल्याय । दोषी तेही सरकार हो जस्ले म जस्तो ब्यवसायमा डुबेकाहरुलाई उकास्नी प्रयास गरेन ।
मेरालागी सबै ढोकाहरु बन्द सरह थिए। एउटा ढोका खुल्लादेखे र नजीकै गयर हेरे, त्यो त्यही ढोका थियो जुन ढोकाबाट म ५ वर्ष अगाडी नेपाल प्रवेश गर्दा किराया हालेको थिएँ कि म फेरी यो ढोकाको सँघार काटेर बहिर जॉदिन भनेर । तर म नचाहँदा नचाहदैपनी आफ्नै कसम तोडी त्यसै ढोकाको सँघार काटी आज खाडीको दलदलमा फसेको पनी २ वर्ष बितीसकेछ ।
न त मेरो जहाज तैरियो, न त यो भाषबाट निस्कीन नै सके । म ठगिएँ । हरेक क्षेत्रमा, हरेक कोणमा, हरेक पाइला पाइलामा । महीना भरी काम गरो, तलव पुरा पाउदीन । संघर्ष गर्नपनी सक्दिन । अधिकार माग्दा नेपाल फर्काइ दिन्छु भन्छ । अनी फेरी मुखमा बुजो लगायर बस्छु र मनमनै भन्छु ू भो, नफर्का मलाई नेपाल त्यहॉ समस्यको सागरमा डुबेर आएको छु म । बरु दुखै भएपनी सास त फेरेकै छु म यहॉ । ू
धिक्कार छ मेरो जिवन, धिक्कार छ मेरो चतुर्याईपन१ आफुलाई धेरै बाठो नठानेपनी यत्तीधेरै मुर्ख छु जस्तो चैं कहिल्यै लागेको थियन । म यहॉभन्दा पहिले नेपाल मैं ठगियको कुरा त बल्ल बुज्दैछु। मेन पावरलाई ४ लाख तिरेर ६० हजारको तमसुकमा सहीछाप गर्नी मुर्ख। अली अली पढे लेखेको मुर्ख । थुक्कस् मेरो बुद्धी१ म त आफ्नै मुलुकमा पो झन नराम्ररी ठगियको रहेछु१ भो, म अबदेखी मेनेजरलाई पैसाको गुनासो गर्दिन । यस्ले त महिनाको १र२ सय धिराम्स् ठग्छ, यो भन्दा ठुलाठुला ठग त मेरो देश मै छन् । लाखौं लाख ठग्नी ठग । त्यो ४ लाख तिरेरपनी यहॉ आउनतास काम सुरु गरेर तलव लिन पायको भएपनी चित्त बुज्थ्योहोला१ तर किन पाइन्थ्योर ।
अहो१ एक्द्यम् सेक्युरीटी गार्ड रे१ महिनाको ड्यॉग ड्यॉग ८०र९० हजार रे१ कती मिठो छ है नेपालबाट कल्पना गर्नरु यहॉ आईज बिना तलब ३ महीना बस, ल्क्क्ष् र एक्द्यम् कोर्स गरेर परिक्षा दे, पासभए काम गर, नत्र नेपाल फर्की ४ लाख झ्वाम१ ल, त्योपनी ठिकै थियो एक पटक परिक्षा पास गरेर लाईसेन्स पाएपछी बसुन्जेल तेसैले काम गर्नी भए, तर किन तेसो हुन्थ्यो र१ प्रत्येक वर्ष कोर्ष गर परिक्षा दे पासभए बस फेलभए फर्की त्योपनी आफ्नै खर्चमा । नेपालमा एक विषय अंग्रेजी हुँदा त दुइ पटकमा क्ीऋ पास गर्नी मान्छेलाई यहॉको नियम कानुन सबै अंग्रेज़ीमा अध्यान गरी परिक्षा पासगर्न कती गरो होलारु त्योपनी बाध्यताले सिकायो । पास गर्दै गए ।
म यहॉ धेरै साथीहरुलाई देख्छु हरेकले आ(आफ्नो समस्याको बिच पनी हॉसीरहेको, खुसी साथ बॉचीरहेको, दुखस्का कुराहरु लुकाएर भएपनी सुख साटीरहेको । फ़ेसबुकका भित्ताहरुमा मनमोहक दृश्यहरु पोष्ट गरीरहेको । चिल्लो कारमा चडेको, प्लेनमा यात्रा गरेको, रमणिय पार्कमा घुम्दै गरेको अनी विशाल समुन्द्रमा स्नान् गर्दै गरेको । तर ती साथीहरुले बिर्सीय छन् की यी लोभलाग्दा तस्वीरहरुले नेपालमा रहेका युवाहरुलाई बिदेशिनका लागी हौस्याउदै छ, लोभ्याउदै छ । यसै प्रकारले युवा पलायन हुँदै गए भनी भोली नेपालमा युवाको संख्या औंलामा गन्न नसकियला भन्नु पर्दैन । यदी युवा पलायनमा कमी ल्याउनुछ भनी, हामी बिदेशियकाहरुको पनी महत्त्वोपुर्ण भुमिका रहने छ ।
दुखलाई साट्नी गरौं, कष्टलाई बॉड्नी गरौं, प्लेन चडेको तस्वीर पोष्ट गर्नुको सट्टा टंटलापुर घाममा ऊँट चरायको गरौं । एसी रुमको घुम्नी कुर्सीमा बसेको तस्वीर पोष्ट गर्नुको सट्टा, १२ घण्टा घाममा उभीएर पार्किंगमा डिऊटी गरेको गरौं । समुन्द्रमा नुहायको तस्वीर पोस्ट गर्नुको सट्टा, तातो पानीले खुईलिएको तलु गरौं । अझ सकिन्छ भनी ब्यूटीप्लस र ईडिट गरेर राम्रो बनाएको तस्वीर पोस्ट गर्नुको सट्टा, घामले डढेर कालो भएको वास्तविक अनुहार पोस्ट गरौं । ता की, नेपालमा हौसियका युवाहरुले बुझुन हाम्रो वास्तविक काम, रुप रंग, र कष्टकर जिवन । यसो गरे केही युवाहरु पलायनमा कमी आउनेछ । सरकारले त कुनै राम्रो योजना ल्याउन सकेन, अब हामीले नै हाम्रो तर्फबाट रोक्नी प्रयास गरौं ।
अन्तिममा,,, म नेपाल सरकारसंग फेरीपनी अनुरोध गर्न चाहन्छु१ हामी रहरले हैन बाध्यताले बिदेसमा बस्दैछौं । नेपाल फर्कियर केही गर्नी वातावरण सृजना गरीदेऊ१ तर, ५ वर्ष अगाडीको जस्तो झुठो आश्वासन नदेऊ१ रोजगारीको सु(निश्चितता गर१ युवा सिपमुलक र पलायनमा कमी ल्याउनी कार्यक्रम ल्याऊ र राष्ट्र निर्माणमा लगाऊ१ ताकी, म भोली मेरी आमाले पकायको मिठो भात कुपुक्क खायर काममा जानपाऊ१ थकान बिसाउनी चौतारी मेरो साथमै रहोस१ छोरा छोरीलाई पिताको परिचय दिन नपरोस१
आशा छस् यी सबै ईच्छहरु चॉडै पुरा हुनेछन् र मेरो डुबेको जहाज पनी चॉडै पाखा लग्नी छ । सुन्दैछु सरकारले मेरो जहाज निकाल्न ठुलो सरकारी जहाज ल्याउदैछ रे१ यदी यसो गरियन भनी भोली ती सबै युवाहरु म जस्तै बिदेसीको गुलामी गर्नी छन् र गेटमा बसेर आउनी जानीलाई भन्छन् दाहिने खुट्टा भुईमा बजार्दै छाती तनक्क पारेर सलाम साप!
![]() |


ConversionConversion EmoticonEmoticon