Dolpa is also now the national road network bond

मुलुकमा अब सडक सञ्जालमा नजोडिको मानचित्रमा एउटा जिल्ला मात्र रहेको छ । राष्ट्रिय सडक सञ्जालले नछोएको अभागी दुई जिल्लाको परिचयलाई मेट्दै डोल्पाले आफुलाई भाग्यमानी सावित गराएको छ । हुन त डोल्पाको भूगोल भित्र सडक प्रवेश गरेको महिना दिन वितेपनि सदरमुकाम दुनैसंगको सम्बन्धलाई भने थप छोट्याएको छ । कर्णालीको दुर्गम जिल्ला डोल्पा सडक सञ्जालसंग जोडिएको छ । आईतवार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले जाजरकोट देखि डोल्पाको सदमुकाम दुनै जोड्ने सडकको सिलन्यास गरेपछि डोल्पा जिल्ला सडक सञ्जालमा गाँसिएको हो । १३ दशमलव ७ किलोमिटर बाटो ट्रयाक खोलीपछि डोल्पालीहरु पनि सडकको पहुँचमा जोडिएका हुन् । सेनाले आवश्यक बजेट र सामग्री पाएमा अवको एक बर्षमा डोल्पा सदरमुकार दुनैमा गाडि पु¥याउने लक्ष्य राखेको छ । आईतवार प्रधानसेनापति राजेन्द क्षत्रीले जाजरकोट डोल्पा सडक उद्घाटन गरेपछि डोल्पा जिल्लामा पनि गडि गुड्न थालेका हुन् । आईतवार रुकुम र डोल्पाको सिमाना त्रिवेणीमा गाडी गुडेपछि स्थानियहरु खुसीले गदगत भए ।

Previous
Next Post »