Finding Salary Saudi Nepali workers starve, suffer compounded return home company passport

काठमाडौं, ११ भदौ । साउदी अरबको दमामस्थित एक कम्पनीले कामदारलाई तलव नदिएर घर फर्कन राहदानी समेत नदिदा १६ नेपाली कामदार भोकभोकै भएका छन । साद सह्मि अल हज्री कम्पनीले गत असोज देखी पुससम्म ४ महिनाको तलव नदिएर कामदारलाई घर फर्कनु भनेको थियो । तर, घर फर्कनलाई कम्पनीले राहदानी नदिदा उनीहरु आठ महिना देखि बिचल्लीमा परेका हुन ।


तलव नपाएपछि कामदारहरु स्थानीय श्रम अदालत गएका थिए । ८ महिना देखि पटक–पटक श्रम अदालतले बोलाएको तरिखमा धाउदा समेत न्याय नपाएको उदयपुर घर भएका पीडित कामदार दुपेन्द्र राईले गुनासो गरेका छन । उनका अनुसार कम्पनी सञ्चालकले चार महिनाको तलव नदिने बताउँदै कामदारको राहदानी मात्र दिएर दुई साता भित्रमा भिसा लगाएर घर फर्काईदिने बताएका थिए । तर, हालसम्म पनि राहदानी नपाउँदा भोकभोकै बस्नुपर्ने अवस्था आएको राईले बताए । ‘हामी त भोकभोकै छौ, उनले भने ‘अरु पनि धेरै कामदारको बिजोग छ ।’ कतिपय नेपाली कामदार भने राहदानी पाएर घर फर्किएका छन । बिचल्ली हुनेमा भारतीय र श्रीलंकाली कामदार पनि छन ।


Previous
Next Post »