![]() |
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री ३ साता वितिसक्दा पनि प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले आफ्ना तर्फबाट मन्त्री बन्नेहरुको टुङ्गो लगाउन सकेको छैन । शुरुमा भातृ संगठन नेविसंघको महाधिवेशनलाई कारण देखाएर टारिरहेका कांग्रेस सभापति शेर बहादुर देउवाले पार्टी भित्र रहेको गुटगत द्वन्द्धका कारण मन्त्री छान्न नसकेको अव आएर प्रष्टिएको छ ।
प्रचण्डले एक्कै छिनमा आफ्नै कार्यकालमा बोलाए प्रहरी महानीरिक्षक
प्रधानमन्त्री प्रचण्डले बुधबार साँझ ५.३० बजेसम्ममा मन्त्रीको नाम सिफारिश गर्न कांग्रेस सभापति देउवालाई आग्रह गरेको बालुवाटार श्रोतले जनाएको छ । तर पनि बुधबार प्रचण्ड मन्त्रीपरिषदमा कांग्रेसका थप मन्त्रीले सपथ लिने कार्यक्रम अनिश्चित नै छ । कांग्रेसको देउवा गुटबाट अहिले सम्म केवल ४ जनाको नाम मन्त्रीका लागि टुङ्गिएको बताइएको छ ।
देउवा निकट स्रोतका अनुसार कांग्रेस भित्र आफ्नो समूहको तर्फबाट अर्जुननरसिंह केसी शिक्षा, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँण रक्षा मन्त्रालयको जिम्मा पाउने पक्का भएको छ । त्यसैगरी श्रोतका अनुसार हुम्लाका सांसद जीवनबहादुर शाही पनि मन्त्री बन्ने पक्का भएको छ, तर उनको मन्त्रालय टुंगो लागिसकेको छैन ।

रामचन्द्रको गनगन
११ मन्त्री टुंग्याउन सकस परिरहेका बेला रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासँग ५ वटा मन्त्रालय मागेका छन् । तर, देउवाले ४ मन्त्री र दुई राज्यमन्त्रीमा मान्न आग्रह गरेका छन् । सिटौलादेखि खुमबहादुर र आफू पक्षीय नेतालाई व्यवस्थापन गर्न समस्यामा परेका देउवाले अहिले चारवटै मन्त्रालयमा मान्न बरु पछि राज्यमन्त्री थप गर्न सकिने भन्दै पौडेललाई भनेका हुन् । तर, पौडेल पक्ष ५ को अडानमा छ । यसमा पनि जनसम्पर्क हुने मन्त्रालय आफूलाई दिनुपर्ने पक्षमा छन् । पौडेलको असन्तुष्टीपछि देउवाले दूत बनाएर विमलेन्द्र निधिलाई मंगलबार राती उनको निवास पठाएका थिए । तर, पौडेलले निधिलाई ठाडै अस्वीकार गरी देउवासँगै छलफल गर्ने भनेर उनलाई फर्काइदिएका थिए । सो भेटमा चार मन्त्रालयमा मान्न निधिले आग्रह गरे पनि आफ्नो टिम ५ भन्दा घटीमा मान्न तयार नभएको भन्दै देउवासँगै कुरा गुर्नपर्ने पौडेलको मत थियो ।
गत महाधिवेशनमा काँग्रेस भित्र अप्रत्यासित तेश्रो गुट बनाउँदै कृष्ण सिटौलाको सभापति उम्मेदवारीमा महामन्त्रीको उम्मेदवार बनेर चुनाव लडेका गगनले यस पटक तेश्रो गुटबाट मन्त्री बन्ने चर्चा चलिरहेको थियो । सिटौलाले पाएको भागमा रहेको एक मन्त्रालयमा गगनले जिम्मेवारी पाउने सम्भावना बारे चर्चा चलिरहेको थियो । तर अन्तिम समयमा आएर गगन सूचीबाट आउट भएको बताइएको छ ।
किन काटियो गगनको नाम ?
गगन थापा यस पटक पनि महाधिवेशनकै शैलीको मारमा परेका छन् । महाधिवेशनमा पारिवारिक दवावकाबीच ससुरा अर्जुननरसिंह केसीसँग चुनाव लडेर विपी पुत्र शशांक कोइरालासँग तेश्रो बन्दै पराजित भएका गगन यस पटक पनि ससुराकै छायाँमा परेका छन् ससुरा अर्जुननरसिंह मन्त्री हुने पक्का भएपछि ज्वाईं गगन थापा भने मन्त्री नहुने निश्चित भएको श्रोतले बताएको छ ।
बाबु र पतिको भिडन्तले धर्म संकटः गगन पत्नि अञ्जनाको भावुक स्ट्याटसअर्जुन शेरबहादुर गुटमा छन् भने थापा कृष्ण सिटौलाको तेश्रो गुटबाट मन्त्रीको चर्चामा थियो । तर अव आएर सिटौला गुटका भीमसेनदास प्रधान गगनले पाउने भनिएको मन्त्रालय पाउने भाग्यमानी बन्ने देखिएको छ । महाधिवेशनमा पनि गगन थापा काँग्रेसमा रहेको कोइराला परिवारप्रतिको विशेष आस्थाको छायाँमा परेका थिए । त्यतिबेला उनलाई आफ्नै परिवार भित्रबाट ससुराको छायाँ थियो । अहिले आएर पनि गगनलाई परिवारकै चङ्गुलले छायाँमा पर्ने दखिएको छ । महाधिवेशनमा पति पराजित भएपछि गगन पत्नि अञ्जनाले फेसबुकमा दुखेसो पोख्दै स्ट्याटस नै लेखेकी थिइन ।
किन काटिन्छ गगनहरुको नामः
युवा पुस्तामाझ निकै चर्चित मानिएका युवा नेता गगन थापा सँधै चर्चामा हुन्छन् । कांग्रेसमा तुलनात्मकरुपमा क्लियर भिजन भएका नेता मानिन्छन् गगन । तर पार्टी नेतृत्वमा होस् वा अन्य पदीय जिम्मेवारीका बेला भने गगनको भाग आउँदैन । गत महधिवेशनमा पनि गगनको लोकप्रियता उनकै ससुरा केसी र बिपीका छोरा शंशाक कोइरालाको पारिवारिक विराशतको छायाँमा परेको थियो । काँग्रेसमा युवा नेता बन्नकै लागि पनि ४० कटि सक्नु पर्ने र बुढा नेताहरुलाई भाग पुर्याउन मुस्किल पर्ने विरासतका कारण पनि गगनहरुले पालो नपाउने गरेको विश्लेषकहरु बताउँछन् ।
![]() |


ConversionConversion EmoticonEmoticon