भारतमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ २७ पैसा र डिजलमा प्रति लिटर ३ रुपैयाँ २१ पैसाको दरले मूल्य घटेको हो ।
मूल्यमा कटौतिपछि भारतको राजधानी दिल्लीमा पेट्रोल ६२.५२ भारुबाट घटेर ६१.०९ भारुमा झरेको छ । यस्तै, डिजलको मूल्य प्रतिलिटर ५४.२८ भारुबाट घटेर ५२.२७ भारुमा आइपुगेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । नयाँ मूल्यसूचि आइतबार मध्यरातिबाट भारतभरि लागू भएको जनाइएको छ । भारतमा जुलाई महिनामा पेट्रोलियम मूल्यमा भएको यो कटौति दोश्रो हो । १६ जुलाईमा पनि पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ ६० पैसा र डिजेलमा प्रति लिटर ६७ पैसा मूल्य कटौति भएको थियो । भारतमा इन्धनको मुल्य घट्दा यसको सोझो असर नेपालमा पनि पर्ने निश्चित छ । नेपालले पेट्रोलियम पदार्थ भारतबाटै ल्याउने भएकोले त्यहाँ मूल्यमा कटौति हुँदा नेपाल आयल निगमलाई फाइदा हुनेछ । इण्डियन आयल कर्पोरेसनले नयाँ मूल्यसूचि पठाएपछि नेपालमा पनि मूल्य घट्न सक्ने अनुमान गरिएको छ ।
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon