Indian Ambassador Ray Mustang, welcoming locals


भाद्र १०, २०७३- पाँच दिनका लागि भारतीय राजदुत रञ्जित रे हिमालपारिको जिल्ला मनाङको पनि माथिल्लो मनाङ क्षेत्र पुगेका छन् ।

पाँचदिने भ्रमणका लागि आएका शुक्रबार बिहान एयर डाइनेस्टीको हेलिकप्टर चार्टर्ड गरी मनाङ पुगेका हुन् । नार, फूलगायत गाविस तिब्बतसँग सीमा जोडिएका क्षेत्र जाने कार्यक्रम भने मौसमका कारण रद्ध भएको सुरक्षा स्रोतले जनाएको छ ।

उनीसहितको टोलीलाई स्थानीयले भब्य स्वागत गरेको मनाङबाट निर्वाचित सांसद एवं पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले बताए ।


राजदूत रेले माथिल्लो मनाङका विभिन्न ठाउँमा ४ रात ५ दिन बिताउनेछन् । पर्यटन ब्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार राजदूत रेलाई गाउँलेले स्थानीय बौद्ध परम्परा अनुसार स्वागत गरेका छन् । उनका साथ भारतीय दूतावासका पुन:निर्माण हेर्ने काउन्सिलर डा. अजय कुमार, उनका निजी सुरक्षाकर्मी प्रदीप कुमार र पूर्व राज्यमन्त्री गुरुङ रहकेका छन् ।

उनीहरुलाई माथिल्लो मनाङमा प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, स्थानीय विकास अधिकारी कृष्णप्रसाद धिताल, डीएसपी जगन्नाथ गौतम, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख बाबुलाल तिरुवा, पर्यटन ब्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ, आमा समूह, युवा समूह, विद्यार्थी लगायतले स्वागत गरेका थिए ।


राजदूत रेसहितको टोली शुक्रबार साँझ स्थानीयले आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा सहभागि हुनेछन् । सरकारी कार्यालयका कर्मचारीलाई भेटेर उनले मनाङको विशेषता: र भूकम्पले क्षति पुर्‍याएको गुम्बा लगायतको संरचनाबारे जानकारी लिएका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए । उनका अनुसार राजदूत रेले स्थानीय गुम्बाहरु हेर्ने कार्यक्रम पनि रहेको छ ।

उनी शनिबार बिहान संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल जाने कार्यक्रम रहेको छ । एकदिनमा नपुग्ने भएकाले उनी तिलिचो बेसक्याम्प जानेछन् । उनको यात्रा पैदल तथा घोडामार्फत हुने छन् । उनले माथिल्लो मनाङको ऐतिहासिक र प्राकृतिक स्थल घुम्ने छन् । यस अवधिमा राजदूत रे ले भारतीय सरकारको सहयोगमा दूतावासमार्फत पुन:मर्मत भइरहेको खाङसारस्थित तारे गुम्बाको विशेष निरीक्षण गर्ने छन् ।


७ सय बर्ष अगाडि निर्मित यो गुम्बा जीर्ण बनेपछि भारतीय सरकारको सहयोगमा करीब ३ करोड रुपैयाँको लागतमा मर्मत भइरहेको छ । यी गुम्बाहरु तिब्बतमा ७ सय बर्षअघि १ सय ७ गुम्बा निर्माण हुँदाताका निर्माण गरिएका हुन् । साथै लामा बस्नलाई प्रयोग गर्ने घर पनि निर्माण भइरहेको छ । दूतवासाले ७ सय बर्ष पुरानो ङावलको गुम्बाको पनि मर्मत गर्न चासो दिएको छ । माथिल्लो मनाङस्थित अन्नपूर्ण माविको छात्रावास भवन निर्माणको लागि शिक्षक अभिभावकले राजदूत रेसंग माग गरेका छन् ।

यस्तै, भ्राकामा पर्ने ‘आइसलेक’, ऐतिहासिक मिलेरेपा गुफा, मनाङको गंगापूर्ण ताल लगायतका ठाउँ घुम्ने कार्यक्रम रहेको पूर्व मन्त्री गुरुङले बताए । उनी अगष्ट ३० तारिखका दिन काठमाडौं फर्कने कार्यक्रम छ ।





Previous
Next Post »