Kyansarapidita Nath spent in Just Treatment

श्रावण १७, २०७३- धन कमाउने आशामा जापान आएर दाँत, मुख र गालाको क्यान्सरबाट पीडित भई टोकियो अस्पतालमा उपचाररत बैतडी श्रीकेदार गाविस ७ पिपलकोटका ४२ बर्षीय खेमराज भट्टको उपचारमा रकम अभावको समस्या टरेको छ । जापानबासी नेपाली तथा स्थानीय सघंसस्थाको सहयोगमा उपचारमा लाग्ने १० लाखभन्दा बढी रकमको व्यवस्था भएपछि २१ साउनमा उनको सल्यक्रिया हुने भएको हो ।

गरिबीका कारण महंगो ब्याजमा ऋण लिएर जापान आएको बताउने भट्टले जापान आएको पाँच महिनामै क्यान्सरबाट ग्रसित भई काम गर्न नसक्ने भएपछि दैनिक गुजारा र उपचारमा समस्यामा भएको भन्दै सार्वजनिक रुपमा सहयोगका लागि आग्रह गरेका थिए । कुक भिसामा जापान आएर टोकियोको कामातामा बस्दै आएका भट्ट क्यान्सरका कारण थला परेर काम गर्न नसकी समस्यामा परेको समाचार कान्तिपुरसहित बिभिन्न सञ्चारमाध्यममा आएपछि सहयोग रकम जुटेको हो ।

भट्टको उपचारका लागि सुदूरपश्चिमेली समाज जापानले २ लाख १ हजार जापानी येन, नेपाली जनसम्पर्क समिति कान्तो शाखाले १ लाख ३५ हजार ५ सय ६६, बिहुकोट समाज कान्साई शाखाले ९३ हजार २ सय ४९ जापानी येन सहयोग गरेका छन् । त्यस्तै योकोहामा बिजनेस कलेजमा अध्ययनरत बिद्यार्थीहरुले ८२ हजार १ सय ११ जापानी येन गैरआवासीय नेपाली संघ जापान र कान्तो शाखा गरी ५० हजार जापानी येन बाँके बर्दिया समाज र बलेवा समाजले ६० हजार जापानी येन सहयोग गरेका छन् ।
Previous
Next Post »