Morang 6-year-old boy forced to unfasten seen 7 months, due to economic crisis for Treatment


बेलबारी  – मोरङको बेलबारी ४ लालभित्तिका एक ६ बर्षीय बालक पशु झै दाम्लोमा बाधिँन बाध्य भएका छन । बिद्यालय जाने उमेरका बालक जगत राउत बिगत ७ महिना देखी दाम्लोमा बस्न बाध्य बनेका छन।

बोल्न र हिड्न नसक्ने राउत गत फागुनदेखि दाम्लोमा पशुझै बस्न बाध्य बनेका हुन । बालकका हजुरबा हजुरआमा सँग बसेका राउतको आर्थिक अभाबका कारण उपचार समेत हुन सकेको छैन।


बजार जान्छु भनेर बिगत ७ महिना अघि हिँडेकी बुहारी अहिलेसम्म आएकी छैन, राउतकी हजुरअमा इन्दिरा राउतले भनिन् बोल्न पनि सक्दैन हिड्न पनि सक्दैन उपचार पाए नाति हिँड्थ्यो होला । दिनभरी दाम्लोमा बाँधेर राख्नुपर्छ राति कोठामा लगेर थुन्नुपर्छ आउने जाने सँग खानेकुराको आश गर्छ तर आफै खान सक्दैन हजुरआमा इन्दिराले भनिन।


नातिलाई छोडौ भने कता लडेर दुर्घटना होला भन्ने डर,काम गर्न जान पनि पाईदैन हात मुख जोड्न गाह्रो भयो हजुरामाले भनिन उस्को बाबुको पनि कमाई राम्रो छैन । ६ बर्षिय राउतका बाबू गुन्जन राउत मोरङ सहकारी अस्पतालमा कार्यालय सहयोगीको रुपमा काम गर्छन।

ईलाम देखि बसाँई सरेर आयौँ अहिले नातिलाई उपचार गरेर हिड्न सक्ने बनाऊन पाए हामी पनि काम गर्न सक्थ्यौ । हजुरआमा इन्दिराले आखाँभरी आँसु पार्दै सहयोग गरिदिन सहयोगीहरुलाई आग्रह समेत गरिन।

Previous
Next Post »