![]() |
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पति ग्रहमा पठाएको उपग्रह जुनो पहिलो पटक बृहस्पति ग्रहको नजिक पुगेको छ । जुनो उपग्रह शनिबार बृहस्पति ग्रह भन्दा ४२ सय किलोमिटर परबाट गएको नासाले जनाएको हो ।गएको जुलाईमा जुनो उपग्रहले बृहस्पति ग्रहलाई परिक्रमा गर्न सुरु गरेको थियो । शनिबार जुनो बृहस्पति ग्रहको सबैभन्दा नजिक पुगेको र यसभन्दा अघि कुनै पनि उपग्रह बृहस्पति ग्रहको यती नजिक नपुगेको वैज्ञानिकको भनाई छ । जुनो सबै उपकरण तथा क्यामरासहित बृहस्पति ग्रहको नजिक पुगेको हो । जुनोले खिचेका बृहस्पति ग्रहको केही नयाँ तस्बिर एक दुई दिनमा सर्वाजनिक गर्ने नासाले जनाएको छ । ति तस्बिर अहिलेसम्मकै उच्च क्षमताका रहेने नासाका वैज्ञानिकको भनाई छ । पहिलो पटक बृहस्पति ग्रहको बादलको तस्बिर जुनोले लिएको छ । जुनो नेपाली समय अनुसार शनिबार बेलुका ६ बजेर ३६ मिनेट जाँदा बृहस्पति ग्रहको सबैभन्दा नजिक पुगेको थियो । त्यसबेला जुनाले दुई लाख ८ हजार प्रतिघण्टाको गतिमा थियो ।
पाँच वर्ष अघि नासाले छोडेको जुनोले गएको जुलाई पाँचदेखि बृहस्पति ग्रहलाई परिक्रमा गर्न सुरु गरेको थियो । पृथ्वी भन्दा ११ गुणा ठूलो बृहस्पति ग्रहले सूर्यलाई परिक्रमा गर्न १२ वर्ष लगाउँछ । बृहस्पति ग्रह मुख्य गरी हाइड्रोजन र हिलियम ग्यासले भरिएको छ ।
![]() |

ConversionConversion EmoticonEmoticon