People were shouting for defense-defense, saying: Injured milisa Shah.


भाद्र १०, २०७३- हाम्रो घर चन्द्रनिगाहपुर हो । अहिले स्याङजाको वालिङ बस्छौं । भदौ १ गते बुबा, ममी, भाई , दिदी र म घर आएका थियौं । मेरो पढाई स्याङजामा भएकाले पढाई छुट्ने भो भन्दै हामी हिजो घरबाट स्याङजा हिँडेका थियौं ।

पोखरा जाने बस चढ्यौं । दिउँसो जान बस पाउनै सकिँदैन थियो । त्यही भएर राति चल्ने बसमा चढ्यौं । म र बाबासँगै बसेका थियौं । राति भएकाले म पनि निदाएको थिएँ । बाबा के गर्नुभएको थियो । थाहा पाइनँ । निन्द्राबाट ब्युझिँदा म त खोलाको भित्तामा थिए । मान्छेहरु कराइरहेका थिए । कहाँबाट कराएका हुन् मैले पत्तै पाइँनँ । अन्धकार थियो । तर मैले मान्छेहरु बचाऊ-बचाऊ भन्दै कराइरहेको सुनेँ ।

[अपडेट] त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या २२ पुग्यो
कति त रोइरहेका थिए । मलाई डर लागेको थियो । के भयो भन्ने नै थाहा पाइनँ । बाबा र म सँगै थियौं । मेरो नाकबाट रगत आइरहेको थियो । बचाउने मान्छे कोही आएका थिएनन् । सबैले गाडी खस्यो, गाडी खस्यो, मरियो मात्र भनेको सुनेँ ।

मलाई सबैतिर दु:खेको थियो । गाडी नदीमा डुबिसकेको थियो । त्यसपछि के भयो थाहा पाइन । अहिले हस्पिटल आएपछि मात्र थाहा पाएँ । ममी, बाबा, दिदीभाइ कता छन् थाहा छैन । मेरो नाकबाट अझै रगत आइरहेको छ । खुट्टामा घाउ छ । टाउको ठोक्किएर दुखेको छ ।

निन्द्राबाट ब्यूझिँदा नदीमा पो रहेछु: घाइते राजेश गुप्ता
मेरो पोखराको दुलेगौंडामा किराना पसल छ । घर भारतको सितामाडी हो । रौतहटको गौरबाट श्रीमति सुगन्धी, साढे २ वर्षको छोरो आकाश, साढे ४ वर्षकी छोरी श्वेता र सालो राकेश साढे ५ बजे पोखरा जान गाडी चढेका थियौं । बाटोमा आउँदा आउँदै निन्द्रा लाग्यो । म पनि निदाएँ ।

पछि ब्युझिँदा गाडी नदीमा पसिसकेको थियो । के गर्ने कसो गर्ने भयो । मैले केही देखिनँ । रातको २/३ बजेको थियो होला । बोल्न सक्ने अवस्थामा थिइनँ । छोराछोरी श्रीमती कहाँ थिए थाहा पाइनँ । पानीमा डुबेको बेला प्रहरीले निकाले । अहिले भरतपुरको चितवन मेडिकल कलेजमा छु ।

देब्रे खुट्टा र दाहिने हातमा चोट लागेको छ । कतै घाउ भएको छ भने कतै ठोक्किएर दु:खेको छ । कसरी दुर्घटना भयो थाहा छैन । श्रीमती छोराछोरीलाई यही अस्पतालमा ल्याएको डाक्टरले बताएका छन् । सालोको अवस्था के छ थाहा पाउन सकेको छैन ।



Previous
Next Post »