Prachanda government to work closely with our - Indian Foreign Secretary

२ भदौ, काठमाडौं ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले नेपालमा भर्खरै बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न आफूहरु इच्छुक रहेको बताएका छन् ।

अर्चना पनेरुको नाममा स्ट्याटस राख्दा दीपकले खाए गाली

विहीबार विदेशमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकाश स्वरुपले प्रचण्ड सरकारका प्राथमिकता बुझेपछि नजिक रहेर काम गर्न भारत इच्छुक रहेको बताएका हुन् ।
प्रचण्डको विशेष दुतका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि आज भारत भ्रमणमा जाँदै छन् । नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे छिमेकीलाई जानकारी गराउन र दुई मुलुकबीचको सम्बन्ध सुधारका लागि भन्दै निधि ३ दिने औपचारिक भ्रमणका लगि आज नयाँदिल्ली जान लागेका हुन् ।

मन्त्रीपरिषद बैठकबाट प्रचण्डले भारतलाई दिएको सन्देश

निधीको भारतमा रहेको भेटघाटको सेड्युलबारे भने भारतीय विदेश मन्त्रालयले केही बोलेको छैन । निधीको भ्रमणबारे धेरै बोल्न नचाहेका विकाश स्वरुपले आफूहरु नयाँ सरकारका प्राथमिकता बुझेर त्यसै अनुसार अघि बढ्ने पक्षमा रहेको बताए ।

निधि अपरान्ह पौने ५ बजे जेटएयरबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

भोलीदेखि उच्चस्तरीय राजनीतिक भेटघाट सुरु गर्न लागेका निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह लगायत सरकारी उच्चपदस्थ अधिकारीसंग भेटघाघ गर्ने कार्यक्रम छ । विपक्षी दल कंग्रेस आईका नेताहरुसंग पनि निधिको भेटघाटको तयारी भईरहेको दिल्लीस्थित नेपाली दुतावासले जनाएको छ ।

पार्टीपछि नेविसंघमा पनि देउवाको कब्जाः मुख्य शुत्राधार सिटौला

प्रचण्डले मधेश मुद्धालाई प्राथमिकतामा राखेको भन्दै भारत खुसी रहेको बताइन्छ । यसपटक पहिलो विदेश भ्रमण भारत जाने तयारी गरेका प्रचण्डले भारतीय राष्ट्रपतिलाई संविधान जारी भएको वार्षिकोत्सवमा अतिथि बनाउन चाहेको बताइएको छ । त्यसैगरी उनले यस अघि रोकिएको राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण पनि छिट्टै गराउन चाहेका छन् । प्रचण्डका विशेष दुत भारत जानु अघि भारतीय विदेशमन्त्रालयले पठाएको सन्देशले उनको निधीको मिसन सफल हुने देखिएको छ ।
Previous
Next Post »