"Ronaldo is not found in the team for the World Cup Qualifiers


कप्तान क्रिष्टियानो रोनाल्डो पोर्चुगलको विश्व कप छनोटको पहिलो खेलका लागि घोषणा गरिएको टिममा परेका छैनन्।

युरो कपको फाइनलमा घुँडामा लागेको चोट निको नभएका कारण रोनाल्डो विश्व कप छनोटको पहिलो खेल खेल्न नसक्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।गएको जुलाईमा फ्रान्ससँगको युरो कपको फाइनलपछि रोनाल्डोले खेलका छैनन्।

पोर्चुगलले आगामी बिहीबार मैत्रिपूर्ण खेलमा जिब्रालटारसँग खेल्नेछ। यसैगरी विश्व कप छनोटको पहिलो खेलमा पोचुर्गलले भदौ २१ मा स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम छ।स्वीट्जरल्याण्डसँगको खेलमा पोर्चुगल रोनाल्डो बिनै मैदान उत्रने भएको छ। पोर्चुगलले स्वीट्जरल्याण्डसँगको खेलका लागि २४ सदस्यीय टोली घोषणा गरेको छ।
Previous
Next Post »