The child was born out of the stomach and intestines


पाँचथर जिल्ला अस्पताल फिदिममा शुक्रवार बिहान पेट बाहिर आन्द्रा भएको आन्द्रा भएको शिशु जन्मेको छ । छिमेकी ताप्लेजुङ जिल्लाको आंखोप १ निवासी २२ बर्षीय सविता राईले यस्तो बच्चा जन्माएकी हुन । सुत्केरी व्यथा लागेपछि पाँचथर अस्पताल ल्याइएकी उनको नर्मल डेलिभरीबाटै यस्तो बच्चा जन्मिएको हो । शिशुको स्वास्थ अवस्था स्वस्थ रहेपनि उनको उपचार भने कान्ती बाल अस्पताल काठमाण्डौ पु¥याएमात्रै सम्भव हुने जिल्ला अस्पताल पाँचथरका डाक्टर पवन साहले वताए ।  आन्द्रा सबै नाइटो भन्दा तल्लो भागमा रहेका छन । नवजात शिशुका पिता पुरनदेवले यसअघि आमाको भिडियो एक्स–रे नगरेको र ताप्लेजुङकै साव्लाखु स्थित स्वास्थ सस्थामा दुई पटकसम्म चाँज गराएको बताए । प्रसुतीका लागि  अस्पताल ल्याएकी पत्नीको स्वास्थ सुधार भएपनि बच्चाको अवस्था यस्तो देख्दा पुरन चिन्तित रहेका छन ।  उपचारका लागि के कति खर्च लाग्ला भन्ने भन्दा पनि बच्चालाई बचाउन सकिन्छ सकिन्न भनेर चिन्ता ब्यक्त गर्दै उनी रोइरहेका थिए । गर्भअवस्थामा गहुंगो भारी बोक्दा,कुपोषण हुँदा अथवा गर्भमा बच्चा बृद्वी हुने क्रममा आमाले भारी काम गर्दा यस्तो समस्या हुनसक्ने डाक्टर साहको भनाई छ । समयमै कान्ती बाल अस्पताल पु¥याउन सके बच्चा बाँच्नसक्ने पनि उनले बताए ।
Previous
Next Post »