The next election for a new prime

नयाँ प्रधानमन्त्री चयनका लागि भोलि चुनाव हुँदैछ । नयाँ प्रधानमन्त्री चयनका लागि आज बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
आजै अपरान्ह साढे ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने संसद सचिवालयले जनाएको छ । व्यवस्थापिका हिजोको बैठकमा सभामुख ओनसरी घर्तीले भोलि बिहान ११ बजे प्रधानमन्त्रीका लागि चुनाव गर्ने गरी कार्यतालिका तोक्नुभएको छ । सहमतीय सरकार गठन गर्न दलहरु असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २९८ को ३ अनुसार बहुमतीय सरकार गठनका लागि आह्वान गरेसँगै संसदले नयाँ सरकार गठनको प्रक्रिया थालेको हो ।

कांग्रेस–माओवादी केन्द्रको गठबन्धनले नयाँ प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अघि सारेको छ । संसदमा कांग्रेसको दुई सय सात र माओवादीको ८० सिट छ । गठबन्धनलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने जनाइसकेकाले दाहालको पक्षमा बहुमत सहज देखिन्छ । विपक्षीमा बस्ने निधो गरिसकेको नेकपा एमालेले पनि आज नै कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लगाउनेछ ।
Previous
Next Post »