The police used a drug Sewan motorcycle mishap

भाद्र १२, २०७३- मादक पदार्थ सेवन (मापसे) गरी ट्राफिक प्रहरीका जवानले चलाएको मोटरसाइकलको ठक्करबाट एकको मृत्यु भएको छ । घटनामा प्रहरी जवानसहित २ घाइते भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय कास्कीमा कार्यरत जवान पूर्णबहादुर दरैको ठक्करबाट लेखनाथ २ का ३४ वर्षीय ज्ञान पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । दरै र लेखनाथ ३ का ३६ वर्षीय लील पुनको उपचार भइरहेको छ । मनिपाल शिक्षण अस्पतालमा उपचाररत दरैको अवस्था गम्भिर रहेको प्रहरी नायव उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए । उनका अनुसार घाइते पुनको खुट्टा भाँचिएको र क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी स्रोतका अनुसार जवान दरैसहितको समुहले शनिवार राति पोखराको एक दोहोरी साँझमा मापसे गरेका थिए । पछि घर फर्किने क्रममा मध्यरातमा लेखनाथ ३ आयुर्बेद चोकमा रोकिएका दुई मोटरसाइकललाई दरैले ठक्कर दिएका थिए । ज्ञानको उपचारका क्रममा मृत्यु भएको थियो । दरैले चलाएको लु१९प ४९४१ नम्बरको मोटरसाइकलले सडकमा रोकिएको ग११प ७३९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Previous
Next Post »